काठमाडौं ६ माघ २०७६ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मारेको अभियोग लागेकालाई नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेकपाले सभामुखको उम्मेदवार चयन गरेको अग्निप्रसाद सापकोटाको आलोचना गरेका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालमा मारिएकामध्ये पाँच हजार मान्छे मारेको आफूले जिम्मेवारी लिने भनी गत हप्ता दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै शर्माले भनेका छन्, ‘एउटाले पाँच हजारको जिम्मा लियो पुगे अर्को एउटा मारेको अभियोगमा सभामुख भयो ।’ शर्माले देश अपराधिक साम्राज्यको ऐना बनेको समेत टिप्पणी गरेका छन् । उनले अगाडि भनेका छन्, ‘देश देश जस्तो लाग्दैन यो अपराधिक साम्राज्यको ऐना हो लुट्न सके लुट ! ’
सभामुखका प्रस्तावित उम्मेदवार अग्निप्रसाद सापकोटामाथि काभ्रेमा अर्जुन लामा हत्याको अभियोग छ ।
लामो छलफलपछि नेकपाका अध्यक्ष द्धय प्रधानमन्त्रि केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डले आइतबार नेकपाका नेता अग्नी प्रसाद सापकोटालाई सभामुख पदको लागी उमेदवार बनाउने निर्णय गरेका थिए ।
सोही निर्णयलाई आइतबारै बसेको नेकपा सचिवलाय बैठकले अनुमोदन पनि गरेको थियो । आज सभामुख पदको निर्वाचनको लागी संसद बैठक बस्दैछ ।








































