- ADVERTISEMENT -

प्रतिनिधिसभाको बैठक आज बस्दै

January 20, 2020
629
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ माघ २०७६ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । यसअघि पुस ११, १६ र २७ बस्ने भनिएको बैठक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको हो ।

संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ ।

- ADVERTISEMENT -

Advertisement

संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया शुरु हुने भएको हो ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको छ ।

बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले सोमबार बैठक शुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ । उपसभामुख तुम्बाहाङ्फेले आज संसद बैठक शुरु हुनभन्दा केही समय अघि राजीनामा दिने बताउनुभएको छ । उहाँले राजीनामा दिएपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ठाकुरले गर्नुहुने छ ।

बलात्कार प्रकरणमा मुसिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारि नभई संसदमै अलपत्र छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -