काठमाडौं, ४ माघ २०७६ । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बन्न सफल हुनु भएको छ ।
विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गर्नु भएको छ ।
साथै, मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल हुनु भयो ।
त्यसैगरी, ‘फस्ट रनरअपमा सविता शर्माले हात पार्न सफल हुनु भयो उहाले मिसेज पपुलरको अवार्डपनि हातपार्न सफल हुनुभयो र ‘सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल चयन हुनु भयो उहाले पनि वेष्टवाकको अवार्ड पनि हात पार्न सफल हुनु भयो साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, थर्ड रनर अपमा रञ्जना निरौला, र ‘फोर्थ रनर अपमा देवकला पुनले हात पार्न सफल हुनु भयो । यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड,रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हात पार्न सफल हुनु भयो ।
सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपाल लाइफ इन्सुरेनसका प्रमोसन हेड मेगेन्द्र प्रकाश गिरी, नेपाल टेलिभिजनकी समाचार सम्पादक सिवानी थापा वस्नेत ,सिसनयर व्यूटीसियन सिता पाठक, प्रदेश एकका आनका संयोजक पवन अधिकारी, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेज व्यूटी क्वीन २०१८ की विजेता सुदिक्षा आचार्य र सिनियर विमान परिचारीका अन्जली खनाल रहनु भएको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।








































