- ADVERTISEMENT -

भिमसेन थापा गा.पा. ८ महादेवटारमा हाटबजार तथा मास महोत्सव सम्पन्न

January 15, 2020
1299
Shares
- ADVERTISEMENT -

गोरखा,१ माघ २०७६ । भिमसेन थापा गा.पा. ८ महादेव टारमा हाटबजार तथा मास महोत्सव सम्पन्न भएको छ ।

उक्त हाटबजार तथा मास महोत्सवमा साढे १७ लाख रुपैयाँको कारोबार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भीमसेन थापा गाउँपालिका ८ महादेवटारमा सञ्चालित महोत्सवमा २२ स्टलबाट साढे १७ लाखको कृषि उपज बिक्री भएको आयोजक उद्यमशील साना किसान सहकारी संस्थाले जनाएको छ ।

त्यसबाहेक काठमाडौं, नारायणगढलगायतका ठाउँका ब्यापारीले ८ लाख रुपैयाँको कृषि उपज बुकिङ गरेका अध्यक्ष भरत ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

भीमसेन थापा गाउँपालिका ८ नम्बर वडाको सहयोगमा सञ्चालित मास महोत्सवमा स्थानीय विषादीरहित उत्पादन काउली, गोलभेँडा, मुला, तरुल, मास, भटमास, गहत, बोडी, मस्याङ, बंगुर माछा आदि राखिएको थियो । त्यस्तै मासको मम, समोसा, बारा, फुरौला र खिचडी पनि राखिएको थियो ।

महोत्सवमा पाँच विधामा किसानलाई पुरस्कार पनि दिइएको थियो । खाद्य तथा दालबालीमा वुद्धिबहादुर कुमाल, तरकारी र फलफूलमा जयराम कुमाल, मसला कन्दमूलबालीमा ओमप्रसाद तिमल्सिना, पशुपंक्षी तथा मत्स्य रमेश दरै, स्टल सजावट तथा सरसफाइमा महादेव महिला समूह उत्कष्ट भई एक हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

महोत्सव उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले यस्तो हाटबजार गाउँपालिकाको आठवटै वडामा विस्तार गर्ने बताउनुभयो । उद्यमशील सहकारीले अब भीमसेन थापा गाउँपालिका ८ मा हरेक महिनाको मशान्तमा हाट बजार सञ्चालन गर्ने भएको छ । हाटबजारलाई गाउँपालिकाको अन्य वडामा पनि विस्तार गरिने अध्यक्ष ढकालले बताउनु भयो ।

महोत्सवको सुरुवातमा स्थानीय दरै समूहले पञ्चै बाजासहितको झाँकी प्रदर्शन गरी गाउँ परिक्रमा गरेको थियो । त्यस क्रममा किसानहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गरौं, किसानको पौरख हाम्रो गौरवलगायतको नारा लगाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -