Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५४ बिहान
- ADVERTISEMENT -

कार्यकर्तालाई अरिंगाल बनाएर जनतालाई डस्‍न लगाउनु लोकतन्त्र हो ?

प्रकाशित मिति: २०७६ पुस २९, मंगलबार

926
Shares

काठमाडौं, २९ पौष २०७६ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई बहुमतको आडमा संविधान नमिच्‍न सुझाव दिएका छन् ।

जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको ‘लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनैतीहरु’ विषयक विचार गोष्ठिमा नेता पौडेलले सरकारलाई बहुमतको आडमा संविधान नमिच्‍न सुझाव दिएका हुन् ।

“बहुमतले संविधान मिच्न पाइँदैन । बहुमत सर्वेसर्वा होइन । बहुमत अंकगणित हो, समिकरण होइन । यो बहुमतले सबै जितेको होइन,  आंशिक जितेको हो,” उनले भने ।

फरक मतलाई स्वीकार्य गरेर आफ्‍ना कमीकमजोरी केलाउनेलाई धन्यवाद दिएर आफू सच्चिनु नै लोकतन्त्र भएको जिकिर गर्दै नेता पौडेलले प्रधानमन्त्री केही शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिंगाल बन्‍न दिएको निर्देशनप्रति आपत्ति जनाए ।

“लोकतन्त्र भनेको यो हो, जसले फरक मतलाई स्वीकार गर्छ । जसले आफ्नो कमजोरी केलाउनेलाई धन्यवाद दिएर आफू सच्चिने काम गर्छ,” उनले भने, “तर, ओलीजीको लोकतन्त्रमा प्रधानमन्त्रीको कुर्सीमा बसेर अरिंगाल भएर विरोधीलाई डस्नु भनेर भनिन्छ । अरिंगाल बनेर डस्नु भनेको के हो ? बन्दुक दिएर बन्दुक हान्न लगाएजस्तै होइन ?”

नेता पौडेलले प्रधानमन्त्रीको कुर्सीमा बसेर आफ्नै जनता डस्‍न लगाउन नमिल्ने पनि प्रस्ट्याए । ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर आफ्नै जनतालाई डस भनेर भन्न मिल्छ ?,” प्रश्न गर्दै उनले भने, “सञ्चारमन्त्रीजी भन्नुहुन्छ सरकारविरोधीलाई ठाउँको ठाउँ ठेगान लगाउ । राज्यको तलब खाएर राज्यको जिम्मेवारी बहन गरेर जनतालाई ठेगान लगाउ भनेर भन्न पाइन्छ ?”

दुईतिहाइको दम्भले सरकारमा पञ्‍चायतजस्तै लोकतन्त्रविरोधी गन्ध आइसकेको नेता पौडेलको टिप्पणी थियो । सरकार ल्याएका विभिन्न विवादस्पद विधेयकहरुको उदाहरण दिँदै उनले तीनै विधेयकका कारण सरकारमा पञ्‍चायतजस्तै लोकतन्त्रविरोधी गन्ध आएको दाबी गरे ।

नेपालमा लोकतन्त्रको विकल्प खोज्नेलाई समाप्त गर्नु कांग्रेसको धर्म भएको युवा नेता पौडेलको भनाइ थियो । “सबै कुराको विकल्प हुन्छ तर लोकतन्त्रको विकल्प हुँदैन । लोकतन्त्र निर्विकल्प हो,” उनले भने, “नेपालमा लोकतन्त्रको विकल्प जसले खोजिरहेको छ, त्यसलाई समाप्त गर्नु हाम्रो धर्म हो । सधैका भरी लोकतन्त्रका लागि लड्नु पर्ने हाम्रो नियत स्थापित गर्नेहरुलाई अब नेपालको राजनीतिबाट समाप्त गर्न आवश्यक छ ।”

नेता पौडेलले सरकारका भ्रष्टाचारमा चुर्लम्मै डुब्दा पनि कांग्रेस मौन बसेको भन्दै आपत्ति जनाए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई वाइडबडी विमान प्रकरणको छानबिन र नेपाल ट्रस्टको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नतानेसम्म संसद अवरुद्ध गर्न पनि आग्रह गरे ।

“म मेरो नेतृत्वलाई आग्रह गर्न चाहन्छु, वाइडबडीको छानबिन नभएसम्म संसद बन्द गर्नुस् । यति होल्डिङ्स र नेपाल ट्रस्टको  फाइल अख्तियारले नतानेसम्म संसद बन्द गर्नुस्,” नेता पौडेलले भने, “भ्रष्टाचारको मुद्दामा हामी जति प्रभावकारी ढंगले उपस्थिति हुनुपर्ने हो उपस्थित हुन सकेका छैनौं ।”

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -