Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२२ बिहान
- ADVERTISEMENT -

तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरिया निर्यात

प्रकाशित मिति: २०७६ पुस २८, सोमबार

871
Shares

दमौली, २८ पौष २०७६ । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरिया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ ।

तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताउनुभयो । विगत एक दशकदेखी तनहुँको कफी तेश्रो मुलुकमा निर्यात हुने गरेको बोहोराले जानकारी दिनुभयो ।

तनहुँको कफी उच्च गुणस्तरयुक्त रहेको विदेश निर्यात गर्ने निकायले जानकारी दिएको र ल्याव टेष्टबाट पनि प्रमाणित भएको बोहोराले बताउनु भयो ।

राष्ट्रिय चीया तथा कफी विकास बोर्डको समन्वयमा तनहुँमा उत्पादित कफी तेश्रो मुलुक निर्यात गरिदै आएको उहाँले जानकारी दिनुभयो । जिल्ला भर रहेका १२ वटा कफी उत्पादक कृषी सहकारी संस्था मार्फत र व्यक्तिगत रुपमा उत्पादन भएका कफी जिल्ला कृषि सहकारी संघ मार्फत राष्ट्रिय चीया तथा कफी विकास बोर्डको समन्वयमा तेश्रो मुलुक निर्यात हुने गरेको बोहोराले बताउनुभयो ।

तनहुँमा भानु नगरपालिकामा सबैभन्दा बढि कफी उत्पादन हुने गरेको छ । उक्त वडामा मात्र १० वटा कफी उत्पादन गर्ने सहकारी संस्थाहरु क्रियाशिल रहेको अध्यक्ष बोहोराले जानकारी दिनु भयो । त्यसबाहेक बन्दिपुर र देवघाट गाउँपालिकामा पनि कफी उत्पादन गर्ने सहकारी र कृषक क्रियाशिल छन् ।

बोहोराले भानु नपाको वडा नम्बर १० चोक चिसापानीमा चार रोपनी जग्गामा व्यवसायी कफी खेती गर्नु भएको छ । उहाँ विगत १७ बर्षदेखी कफी खेतीमा संलग्न हुनुहुन्छ । अन्य बाली भन्दा कफीमा आम्दानी धेरै हुने भएकोले आफु कफी खेतीमा लागेको उहाँले बताउनुभयो । एउटा बोटबाट एक वर्षमा कम्तीमा एक हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको बोहोराको अनुभव छ ।

हेल्भेटासको सहयोगमा गाउँमै स्थापना गरिएका संकलन केन्द्रमा कफी संकलन गरि उक्त केन्द्र मार्फत नै भुक्तानी दिने व्यवस्था मिलाईएको छ । प्रत्येक प्रराम्भिक सहकारी संस्थामा राखिएका पल्पर मेसिन मार्फत कफीको प्रशोधन गर्ने व्यवस्था समेत मिलाईएको बोहोराले जानकारी दिनुभयो ।

समुन्द्री सतहबाट एक हजार देखी दुई हजार मिटरको उचाईको जमिन कफी उत्पादनको लागि योग्य रहेको अर्का कफी कृषक कृष्णबहादुर खड्काले जानकारी दिनु भयो । खड्काले चार रोपनी क्षेत्रफलको जग्गामा कफीको नर्सरी समेत स्थापना गुर्न भएको छ । नर्सरीमा उत्पादित कफीका विरुवा सबै कफीका प्रराम्भिक सहकारीले नै खरिद गरि कृषकहरुलाई विक्री गर्ने खड्काले जानकारी दिनु भयो ।

तनहुँमा हाल ४१ हेक्टर जमिनमा कफीको खेती हुने गरेको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ । तनहुँमा वार्षिक १५ मेट्रिक टन ग्रीन विन कफी उत्पादन हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनु भयो । जिल्ला भर करिब दुई सय घर परिवार कफी खेतीमा संलग्न रहेको तिवारीले बताउनुभयो ।

तनहुँमा २ हजार हेक्टर जमिन कफी खेतीका लागि उपयुक्त रहेको छ । अरु अन्नबाली तथा फलफुलको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएकाले कृषकहरु पछिल्लो समय कफी खेती तर्फ आकर्षीत भएको र कृषि ज्ञान केन्द्रले पनि कृषकहरुलाई त्यसतर्फ प्रोत्साहन गरेको तिवारीले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -