- ADVERTISEMENT -

 तारुकामा २१ हल गोरु जुधाइने

January 13, 2020
894
Shares
- ADVERTISEMENT -

नुवाकोट, २८ पौष २०७६ । नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ । विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -