- ADVERTISEMENT -

मंगोलियन हर्ट लाईभ कन्सर्टको आय ब्यय सार्वजनिक, शैक्षिक अक्षयकोष स्थापना गरिने

January 13, 2020
1155
Shares
- ADVERTISEMENT -

सउल, दक्षिण कोरिया, २८ पौष २०७६ । रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको छ।

उक्त कार्यक्रमबाट रामेछाप सम्पर्क समिती दक्षिण कोरियालाई एक करोड बयानब्बे लाख वोन मुनाफ भएको छ।

- ADVERTISEMENT -

Advertisement

गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरी आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

विवरण निम्न अनुसार रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्लाको ३०० टिकट मध्य २६५ ओटा बिक्रि भएको छ ।
टिकट २६५*२५०००= ६६२५०००वोन
जिल्लागत सहयोग = १५९९५०१३वोन
संयुक्त बाट जिल्लाको भागमा आएको मुनाफा = १०८३७९६२ वोन
जम्मा मुनाफा= ३३४५७९५७ वोन

खर्च,
जिल्लाको भागमा परेको खर्च = १३८१७५८१ वोन

जिल्लगत खर्च,
एन. सि. सि कार्यक्रम दर्ता शुल्क =१०००००वोन
फोटो कपि, टाइप =२३, ०००वोन
हार्ड डिक्स = ६०००० वोन

जिल्लाको तर्फबाट जिल्लगत कलाकार २००००० वोन
जम्म खर्च =१४, २००, ८५१ वोन
जम्मा मुनाफा =१९२५७१२४ वोन

कुल नाफामध्ये एक करोड साठी लाखभन्दा बढिको शैक्षिक अक्षयकोष स्थापना गरिने भएको छ ।

आर्थिक अबस्था कमजोर भएको रामेछापको प्रत्येक गाउँपालीका र नगरपालिकाको कम्तिमा एक एक जनालाई नगरपालिका र गाउँपालिकाको सिफारिसमा प्रदान गरिने छ ।

उक्त कोष पारादर्शी र ब्यबस्थित बनाउनको लागी विभिन्न समिती बनाएको रामेछाप सम्पर्क समितिको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिनु भयो ।

उहाँको अनुसार जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठन बाँकी रहेकोले कुल मुनाफा २ करोड समेत पुग्न सक्ने अनुमान गरिएको छ । साथै, अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा पनि सम्पुर्ण रामेछापबासीको साथ, सहयोग मिहिनेत र हौसलाले प्रवासी भुमिमा ऐतिहासिक सफल कार्यक्रम भएकोमा कार्यक्रम सफल बनाउन हरतरहले खटिनु भएका रामेछापबासी लगायत सम्पुर्ण कोरियाबासी नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाका पदाधिकारी, सल्लाहकार एवं सम्पूर्ण सदस्यहरूले कार्यक्रमबाट भएको नाफा ब्यबस्थित र पारादर्शी बनाउने प्रतिबद्धता प्रकट गर्दै आगामी दिनहरूमा पनि कार्यक्रमहरू गर्न लागि पर्ने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -