काठमाडौँ, २४ पौष २०७६ । इतिहासका चर्चित पात्र एवं विशाल नेपालका परिकल्पनाकार तत्कालिन राजा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको जीवन, काम र योगदानको वर्णन र व्याख्या समेटिएको पहिलो पुस्तक (ग्रन्थ) प्रमुख अतिथि प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको हातबाट लोकार्पण गरिएको छ ।

हरि प्रसाद सोडारीद्वारा सम्पादन गर्नुभएको “अनेकौंका दृष्टिमा राष्ट्र निर्माता” नामक ग्रन्थको आज एक समारोहका बिचमा आर्मी अफिसर्स क्लब (सभामण्डप) मा आयोजित कार्यक्रमम उक्त पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउनु हुदै खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकासित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नु भएको थियो । साथै, नेपाली नागरिकहरुलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रियता र एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलतामा एकीकरण मार्ग कार्यक्रम अन्तर्गत नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग तथा एकीकरण अभियानसंग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यान्वयनका लागि व्यापक तयारी सुरु गरेको समेत जानकारी गराउनु भएको थियो ।

उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राख्नु भएको थियो भने ग्रन्थका प्रधान सम्पादक हरि प्रसाद सोडारीले पुस्तकको विषयमा जानकारी गराउनु भएको थियो ।
१४०४ पेजको सो ग्रन्थ ३० खण्डमा विभाजित सो पुस्तक तत्कालिन श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहदेवका बहुआयामिक पक्षको अवगत गराउनका साथै तात्कालिक भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक अवस्थाका साथै शास्त्र र पूजा, उपासनाका बारेमा पनि यथेष्ठ सूचना दिने सामग्री संग्रह गरिएको छ ।
उक्त लोकार्पण कार्यक्रममा पूर्व मन्त्रीहरु, पूर्व उपकुलपतिहरु, पूर्व आयुक्तहरु तथा सचिवहरु, पूर्व प्रधानसेनापति तथा रथीवृन्दहरु, नेपाली सेनाका वहालवाला रथीवृन्द तथा अधिकृतहरु, पत्रकारहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
पुस्तकका बारेमा लेखक
“पितापुर्खाको तागत, त्याग, तेज र तत्परताको कारण प्रवल शत्रुसेना एवं कूटिल परचक्रीसमेत झुकेको गौरवमय इतिहास हामीसँगै छ । यो महत्वलाई भूलेर वर्तमानले विडम्बनाको बाजा बजायो, अनिष्टको ताली पड्कायो, पुज्नुपर्ने र बुझ्नुपर्नेलाई रछ्यानमा फालिदियो ।
इतिहास पनि नबनाउने, इतिहास पनि नपढ्ने, इतिहासको संरक्षण पनि नगर्ने बिगुल बज्न थाल्यो । टुहुरा जनता, अलपत्र इतिहास, भत्कन लागेको राष्ट्रियता, टुट्न लागेको एकता र विभाजित मनस्थितिका बीच नेपाल एकीकरणका महानायक एवं वीरवीराङ्गनाहरूका जीवनगाथा उजागर गर्न मन लाग्यो ।”
यस ग्रन्थले गल्ली र चोकहरू, मठमन्दिर र पुराना संरचनाहरूमा कन्तबिजोग भएर बसेका, विदेशका संग्रहालयमा पुगेका शिलालेखहरू, ताम्रपत्र, लालमोहर–भुज्रपत्र र पुराना पाण्डुलिपिका सारसंग्रहलाई यसमा समेटिएका छ ।
नेपालको गौरवमय इतिहासलाई पछिल्ला शासकहरु र केही सरकारी उच्चअधिकारीहरुले पर्याप्त महत्व नदिँदा हाम्रो इतिहास र दस्तावेजहरु नै नामेट हुने अवस्थामा पुगेको छ । आगामी पुस्ताले हाम्रो इतिहास के हो ? भनेर खोज्दा पनि नपाउने अवस्था श्रृजना हुने खतरालाई मध्यनजर गर्दै यो पुस्तक स्तुतिको चाङ, आलोचनाको भारी नभएर तात्कालिक समग्रतालाई चिहाउने, पुर्खाको पहिचान गर्ने दस्ताबेज हुने प्रकाशक सोडारीको विश्वास रहेको छ । हरीप्रसाद सोडारी भन्छन् | भन्नुहुन्छ ।









































