- ADVERTISEMENT -

भारतीय सिमानामा ज्यान गुमाएका अर्जुन थापामगरको जीवनसंग ठ्याक्कै मेल : नारायण रायमाझीले गीतवाटै यसरी रुवाए (भिडियो सहित)

January 8, 2020
885
Shares
- ADVERTISEMENT -

यतिबेला प्यारी मेरो बाटो हेर्दै होली, मैले यहाँ खानुपर्यो दुस्मनको गोली,

नजाउ भन्थिन् आउने बेला बाटो छेकी-छेकी, म रणको निम्तो रैछ हिडे झोला बोकी

- ADVERTISEMENT -

Advertisement

काठमाडौँ, २३ पौष २०७६ । मलाई सम्झी रेली मै नरोउ है आमा, तिम्रो छोरा रेली मै जिउँदै छ रनमा

वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीको धेरै साल पहिला बाजारमा लिएर आउनु भएको “कारगिल” युद्दको गीत पुन रेकर्ड ‘मलाई सम्झी रेलीमै’ (कार्गील) सार्वजनिक गर्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

नारायण रायमाझीले भर्खरै सार्वजनिक गर्नु भएको ‘मलाई सम्झी रेली मै’ गीतमा केही दिन अघि भारतीय सिमानामा ज्यान गुमाएका अर्जुन थापामगरको जीवनसंग ठ्याक्कै मेल खाएको छ । ६ महिना अघि विवाह गरेका अर्जुनले भारतको जम्मु कश्किमरको लडाईमा ज्यान गुमाएका थिए। अर्जुन १२ दिन अघि मात्र आफ्नो छुट्टी सकेर भारत फर्किएका थिए ।

मलाई सम्झी रेलीमै नरोउ है आमा, तिम्रो छोरा रेलीमै जिउँदै छ रनमा

नारायण रायमाझीले यस गीतलाई लाइभ रेकर्डिङमा तयार गर्नु भएको हो । नारायणरायमाझीको रचना\लय\शब्द रहेको गीतमा उहाले लाइभ रेकर्डिगंमा यो अन्य वाद्यवादकले सहयोग लिनु भएको छ । गीत रीमा ईन्टरटेन्मेन्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक छ |

हरेक गीतमा मौलिक स्वाद पस्केर पृथक छवि बनाएका रायमाझीको यो गीत पनि मौलिक र मार्मिक लाग्छ । भारतीय सिमाना रक्षा गर्दा हजारौं नेपालीले ज्यान गुमाउन बाद्य भएका छन् । कैयौं आमाको कोख रित्तो भएको छ भने भर्खरै सिउँदो भरेका जवान युवतीको सिउँदो पुछिएको छ । परदेशीको मर्म बोकेको गीतलाई स्रोता, दर्शकले पनि मौलिक र मार्मिक भनेका छन् लडाईको मैदानमा रहेको एउटा छोराले आफ्नो आमालाई सम्झेर गरेको कल्पनालाई रायमाझीले निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

उक्त मर्म स्पशी, यथार्थपरक गीतमा रेकर्डिङ्ग मिक्सिङ्गमा तेजेन्द्र गुरुङ, त्यसैगरी सारङ्गीमा धर्म गन्धर्व, त्यसैगरी झमतारमा अरुणा गन्धर्वले साथ दिनु भएको छ । मिराज अर्याल र बिन्दु खड्काको छायांकन रहेको उक्त भिडियोमा मिराज अर्यालले सम्पादन गर्नुभएको छ ।

यसै गीत मार्फत सांगीतिक यात्रा शुरु गर्नु भएका नारायण रायमाझीले निकै मार्मीक गीत सार्वजनिक गरिसक्नु भएको छ । भारतीय सिमा रक्षामा रहेका नेपाली युवाहरुकै मर्मलाई समेटेर सार्वजनिक गरेको गीत नमुछे आमा दहीमा टिका नछरे जमरा, मलाई सम्झि नरोए है आमा भन्ने गीत पनि यहि कार्गिल रणभूमीले जन्माएको गीत हो । उनले यस्ता गीत निकै लाकपृय भएपछि यस्तै गीत फेरी गाउन उनलाई फर्माइस आएकाले नयाँ गीत ल्याएको उहाले बताउनु भयो ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -