Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:२७ बिहान
- ADVERTISEMENT -

“अनेकौं दृष्टिमा राष्ट्रनिर्माता” नामक पुस्तक (ग्रन्थ) पौष २४ गते लोकार्पण गरिदै

प्रकाशित मिति: २०७६ पुस २२, मंगलबार

948
Shares

काठमाडौं, २२ पौष २०७६ । इतिहासका चर्चित पात्र एवं विशाल नेपालका परिकल्पनाकार तत्कालिन राजा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवन, काम र योगदानको वर्णन र व्याख्या समेटिएको पुस्तक (ग्रन्थ) एक समारोहका बिचमा बिमोचन गरिने भएको छ ।

गोरखा जिल्लाको खोप्लाङ्गस्थित कटुन्चेपानीमा जन्मे हुर्केर, साहित्यिक यात्रा हुँदै धार्मिक तथा ऐतिहासिक खोज अनुसन्धानमूलक कार्यका पृथक सोडारीले १४ भन्दा बढी पुस्तक सम्पादन र अनुवादन गरि सक्नु भएको छ । ‘के ईश्वर छ’, “धर्मभित्रको विज्ञान” जस्ता संग्रहणीय, पठनीय पुस्तकहरु लेखन तथा प्रकाशन गरिसक्नु भएको छ ।

हरिप्रसाद सोडारीद्वारा प्रकाशित एवं सम्पादन गरिएको “अनेकौं दृष्टिमा राष्ट्रनिर्माता” नामक पुस्तक (ग्रन्थ) नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबाट आर्मी अफिसर्स क्लबको सभामण्डपमा पृथ्वी जयन्तीको पूर्व सन्ध्यामा यहि पौष २४ गते लोकार्पण गरिने भएको छ ।

चार सय ४३ जना विशिष्ठ व्यक्तिहरुबाट लिखित  १४०४ पेज भएको पुस्तक (ग्रन्थ) मा संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी गरी चार भाषामा लेखिएको छ ।

लेखक सोडारीका अनुसार ३० खण्डमा विभाजित पुस्तक (ग्रन्थ) तत्कालिन श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाहदेवका बहुआयामिक पक्षको अवगत गराउनका साथै तात्कालिक भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक अवस्थाका साथै शास्त्र र पूजा, उपासनाका बारेमा पनि यथेष्ठ सूचना दिने सामग्री संग्रह गरिएको बताउनु भयो ।

पुस्तकको केही शब्दचित्र

वि सं १८०१ बाट प्रारम्भ भएको आधुनिक नेपालको एकीकरणका कार्यमा मानवीय त्रुटि भए होलान् तर त्यसले नेपाल एवं नेपालीको एकता, आत्मीयतामा नै मलजल ग¥यो । पृथ्वीनारायण शाहले “राज्य भनेको चौटा र लाम्टा जस्तो गरेर भाग लगाउने वस्तु होइन” भनी विभाजनमा रोक लगाएका थिए । गोरखामा जन्मिएर न त उनले जितेको राज्यको नाम गोरखा राखे, न त राजधानी गोरखा बनाए, न त शाक्य परिवारकी कुमारीलाई हटाएर शाहवंशीया कन्यालाई नियुक्त गरे । योग्यलाई उचित स्थान, नूनको सोझो गर्नेलाई सहयोग गर्न र साथ लिन बाँकी छोडेनन् । जीवनभर गोरखाली राजाका रूपमा होइन नेपाल नरेशका रूपमा देखिए । खण्ड र झुण्डमा भन्दा समग्रतामा रमाए । ‘सर्वजन हिताय’ नै उनको मूलमन्त्र बनेको थियो ।

तर यस मर्मलाई नबुझेर अहिले जातका नाममा फुटाएर, धर्मका नाममा टुटाएर, संस्कृतिका नाममा झगडा गराएर, नेपाल आमालाई रुग्ण बनाउँदैछन् । उनले गोरखामा उभिएर, नुवाकोटमा टेकेर, कीर्तिपुरमा दुईपटक झुकेर, नेपालबाटै नेपालीको भावना र सदिच्छा अनुसार हिमालीराज्य दिएर गए । त्यसको सावाँ र ब्याज पनि नेपाल र नेपालीलाई नै प्राप्त भइरह्यो ।

अहिले शासनको बागडोर हातमा हुनेहरू वीर पुर्खा र शहिदका मार्गमा हिँड्ने हो भने नेपाल सुदामाको मुलुक होइन कुवेरको राष्ट्र हुने थियो । दुःखीको बस्ती होइन स्वर्गको टुक्रा बन्ने थियो । शकुनीहरू कुलेलम ठोक्ने थिए अनि हामी “महाजनो येन गता सा पन्थाः” लाई आत्मसात् गर्दै मूल बाटोमा लम्कने थियौँ ।

सात महिनामा जन्मिएका, गोरखनाथ र सल्ल्यानकोट देवीको आशीर्वाद, नुवाकोट भैरवीको कृपा, भगवन्तनाथ, कालु पाँडे, शिवराम बस्न्यात्, बिसे नगर्ची, रामकृष्ण कुँवर आदिको साथ प्राप्त पृथ्वीनारायण शाहमा अटुट साहस र प्रेरणा जीवनभर जग्मगाई रहेको कुराको रोचक वर्णन रहेको छ ।

विभिन्न हण्डर खाए, हुण्डरीसँगै कुस्ती खेले, पराजयलाई आशीर्वाद माने र चुनौतीलाई विजयमा रूपान्तरण गरे अनि नेपाल सुरक्षित रूपमा भावी पुस्तालाई हस्तान्तरण गराउन मार्गदर्शन गरेर गए ।

यस पुस्तक (ग्रन्थ) ले विवरणात्मक विषयलाई भन्दा समीक्षात्मक तथ्यलाई बोकेको पाइन्छ । हरेक राष्ट्रले आफ्नो इतिहासको तथ्यगत अनुसन्धान र दीर्घकालिक संरक्षण गर्दै अग्रजलाई अन्तर्राष्ट्रियकरण गर्दैछन् । यही पृष्ठभूमिमा हाम्रा वीर पितापुर्खा र त्यो सेनाको नेतृत्व गर्ने महानायक पृथ्वीनारायणको बारेमा तथ्यपूर्ण सत्यलाई समेटेर पुस्तक प्रकाशन हुनु आफैँमा एउटा चुनौतिपूर्ण कार्य हो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -