Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:३९ बिहान
- ADVERTISEMENT -

टुँडिखेलमा दशौं नेफ्टा अवार्ड हुदै

प्रकाशित मिति: २०७६ पुस २२, मंगलबार

792
Shares

काठमाडौं, २२ पौष २०७६ । नेपाली चलचित्र प्राविधिक संघको आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्डको १० औं संस्करण घोषणा गरिएको छ । सोमबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमका बीच अवार्ड घोषणा गरिएको हो ।

विगतका केही वर्ष मलेसिया, दुवई, कतार लगायतका स्थानमा आयोजना भएको यो अवार्ड यसबर्ष नेपालमै आयोजना हुन लागेको हो । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर यसबर्ष नेफ्टा स्वदेशमै आयोजना गर्न लागिएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कार्यक्रममा जानकारी दिए ।

नेपाली फिल्मको प्रचारप्रसार गर्दै नेपाली कलासंस्कृतिलाई विश्व बजारसम्म पुर्याउने उदेश्यले बिगत १० बर्षदेखि नियमित आयोजना हुँदै अवार्ड घोषणा कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, कलाकार निर्माता निर्देशक तुलसी घिमिरे, अभिनेता भुवन केसी, राजेश हमाल, हास्यअभिनेत्री बसुन्धरा भुषाल, प्रथम नायिका भुवन चन्द लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली फिल्ममा प्रहरीको भूमिकालाई नराम्रो नदेखाउन चलचित्रकर्मीलाई आग्रह गरे । ‘मैले देखेको छु । नेपाली फिल्ममा जहिले पनि प्रहरीको भूमिका नेगेटिभ हुने गर्दछ’ खनालले भने ‘प्रहरीले गरेको जनताको सेवा पनि कहिले काही देखाउने गर्नुस् ।’ चलचित्र सन्देश प्रवाहका लागि प्रभावकारी माध्यमको रुपमा आफुले बुझेको बताउँदै खनालले हलिउड र बलिउड झै केही नेपाली फिल्म प्रहरीका सकारात्मक पक्ष समेटर निर्माण गर्न समेत फिल्मकर्मीलाई अनुरोध गरे ।

‘प्रहरीको सकारात्मक विषयमा बन्ने फिल्मका लागि हामी पनि सहयोग गर्न तयार छौं’ उनले थपे । अभिनेता राजेश हमालले नेफ्टा अवार्ड नेपालको प्रतिष्ठित अवार्डको रुपमा चर्चा गरे । उनले आफुले चलचित्र अभिनयको सुरुवातदेखि अहिलेसम्म पनि प्राविधिकलाई सम्मानको दृष्टिले हेर्ने गरेको बताउँदै आफ्नो तर्फबाट नेफ्टालाई सधै सहयोग रहने बताए ।

कलाकार निर्माता निर्देशक तुलसी घिमिरेले विदेश भूमिबाट प्राविधिक झिकाएर फिल्म निर्माणको सुरु गरेको इतिहास सम्झाउँदै अहिले चलचित्र निर्माणका लागि चाहिने सबै प्राबिधिक स्वदेशमै उपलब्ध हुने वातावरण देख्न खुसी लागेको बताए ।

हास्य अभिनेत्री बसुन्धरा भुषाल, अभिनेता भुवन केसी लगायतले चलचित्रमा प्राविधिकको महत्व र अवार्डको बिषयमा धारणा राखेका थिए । आगामी चैत्रको दोस्रो साता अर्थात चैत्र १५ गते राजधानीको टँुडिखेलमा आयोजना हुने १० औं नेफ्टा अवार्डमा उत्कृष्ट कथा,पटकथा, श्रृङ्गार, ड्रेस, अभिनेता, अभिनेत्री, चलचित्र, निर्देशक लगायत प्रतिष्र्धात्मक ३२ विधा र फिल्म, अभिनेता, अभिनेत्री लगायत केही पपुलर विधा समेत समेटिएका छन् ।

विगत २ बर्षदेखि आयोजना हुन नसकेको अवार्ड यो बर्ष ‘ड्रिम हाइ नेपाल’ सँगको सहकार्यमा आयोजना हुन लागेको हो । कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व, राष्ट्रिय सांस्कृतिक संस्थानका नव नियुक्त महाप्रबन्धक अशोक राई लगायतलाई सम्मान समेत गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -