काठमाडौँ, २० पौष २०७६ । प्राकृतिक चिकित्सा तथा योग अस्पताल एशोशियसनको तदर्थ समिति गठन गरिएको छ ।
देशैभरी संचालनमा रहेका प्राकृतिक चिकित्सा तथा योग अस्पतालहरूको साझा संगठन “ प्राकृतिक चिकित्सा तथा योग अस्पताल एशोशियसन नेपाल” ( Natural Medicine Yoga Hospital Association Of Nepal “ को सुदर्शन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

प्राकृतिक चिकित्सा तथा योग अस्पताल एशोशियसनको तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा डा.जनक बहादुर बस्नेत, उपाध्यक्षमा हरि सापकोटा, डा. रविन लाल श्रेष्ठ, डा. दीपा पाण्डे, सचिबमा रुपेश अधिकारी, कोषाध्यक्षमा डा आनन्द गैरे चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यमा डा.क्षितिज बाराकोटी, डा.आयुषा अधिकारी, नमिता न्यौपाने, धुर्ब अधिकारी, सरस्वती पन्थी (भुषाल) र शिव पौडेल चयन हुनु भएको छ ।
अस्पताल संचालकहरूको हकहित र योग तथा प्राकृतिक चिकित्सा अस्पतालको विकास र बिस्तारमा निरन्तर काम गर्ने प्रतिबद्दता सहित सभा समापन गरिएको थियो |









































