काठमाडौं, २० पौष २०७६ । आज सुनचाँदीको भाउ अहिले सम्मकै उच्च भएको छ ।
आज साताको पहिलो दिन छापावाला सुनको मूल्य बढेसँगै प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेजावी सुनको मूल्य पनि बढेसँगै प्रति तोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने यथवत रही प्रति तोला ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।








































