- ADVERTISEMENT -

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो (नामावली सहित)

January 4, 2020
620
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ पौष २०७६ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । बाँकी २ उम्मेदवारको नाम आज शनिबार साँझसम्म टुंगो लगाउने  कांग्रेसले जनाएको छ ।

रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ । कर्णाली प्रदेशमा कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी रहेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते हुनेछ । आइतबार मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका सार्बजनिक गरिने छ ।

राष्ट्रियसभा सदस्यका उम्मेद्वारः

- ADVERTISEMENT -

Advertisement

प्रदेश नम्बर १

निरबहादुर विश्वकर्मा (दलिततर्फ)

मीना पुलामी मगर (महिला)

राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २

नगिना यादव (महिला)

भोला पन्जियार (अल्पसंख्य÷अपांगता)

प्रदेश नम्बर ३

हरिशरण श्रेष्ठ (अन्य)

छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश

सूर्यप्रसाद रेग्मी (अन्य)

विमला गौचन (महिला)

प्रदेश नम्बर ५

बालकृष्ण पाण्डे (अन्य)

गिरिजा न्यौपाने (महिला)

मेराज हलवाई (अल्पसंख्यक÷अपाङ्गता)

सुदुरपश्चिम प्रदेश

प्रताप ठगुन्ना (अन्य)

तुलसी देवकोटा (महिला)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -