Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२२:३८ बिहान
- ADVERTISEMENT -

शितलहर पीडित सर्लाहीवासीलाई कम्वल वितरण

प्रकाशित मिति: २०७६ पुस १८, शुक्रबार

704
Shares

सर्लाही, १८ पौष २०७६ । शितलहर पीडित सर्लाहीवासीलाई कम्वल वितरण गरिएको छ । शितलहर र चिसोका कारण विशेषगरी विरामी, वृद्धवृद्धा र केटाकेटीलाई निकै असर परेको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरकी निर्देशक, उपचारका लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ र उनकी ७५ वर्षिया समाजसेवी आमा सुशिला प्रधान श्रेष्ठले सर्लाही जिल्लाको विष्णु गाँउपालिका वडा नं ६ सिमरा गाउँमा गएर त्यहाँका वासिन्दालाई एक सय १० थान कम्वल र केटाकेटीका लागि न्यानो लुगा वितरण गर्नु भएको छ  ।

केही दिनदेखि तराईमा बढेको शीतलहर र चिसोका कारण तराईको जनजीवन अस्तव्यस्त बनेको छ । चिसो बढेसंगै ललितपुरका समाजसेवी आमाछोरीले सर्लाहीका स्थानीय वासिन्दालाई कम्वल\ न्यानो कपडा वितरण गर्नु भएको हो ।

केही दिनअघि शितलहर र चिसोका कारण सोही गाउँपालिकामा दुईजनाले अकालमा ज्यान गुमाएको समाचार टेलिभिजनमार्फत सुनेपछि आमाछोरी नै कम्वल र न्यानो लुगा लिएर सर्लाही पुग्नु भएको थियो ।

सर्लाहीका स्थानीय समाजसेवी रामगणेश महतको सहयोगमा रोटरी क्लव अफ यल तथा नेपाल महिला चेम्वरको सहकार्यमा श्रेष्ठ आमाछोरीले कम्वल र न्यानो लुगा वितण गर्नु भएको थियो ।

नेपाल एयरलाइन्सकी पुर्व अधिकारी समेत रहनु भएकी समाजसेवी सुशिला प्रधान श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको लागि आएका विपन्न क्यान्सररोगी महिलाहरुको उपचारमा ‘उपचारका लागि सहयोगी हातहरु’ संस्था मार्फत आर्थिक सहयोग गर्दै आइरहनु भएको छ ।

त्यसैगरी, नेपाल क्यान्सर हस्पिटलकी निर्देशक स्वरुपा श्रेष्ठले क्यान्सर रोगबारे जनचेतना फैलाउने र नेपाल क्यान्सर अस्पतालबाट विशेषज्ञ स्वास्थ्यकर्मी लगेर विभिन्न ठाउँमा निःशुल्क क्यान्सर परीक्षण शिवीर सञ्चालन गर्दै आइरहनु भएको छ |

साथै क्यान्सर पहिचान गरिएका विपन्न क्यान्सररोगीको निःशुल्क र सहज उपचारमा आवश्यक सहयोग गर्दै आइरहनु भएको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -