- ADVERTISEMENT -

राष्ट्रिय सभा सांसदमा नारायणकाजी श्रेष्ठको उम्मेदवार \ कुन प्रदेशबाट को–को परे (नामावलीसहित)

January 3, 2020
576
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १८ पौष २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

- ADVERTISEMENT -

Advertisement

नेकपाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ ।

त्यस्तै, नेकपाले अर्का शीर्ष नेता तथा डा। बेदुराम भुषाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेकपाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार :

प्रदेश १ बाट तीन उम्मेदवार चयन गरिएको छ । जसअनुसार इन्दु गौतम (महिला), गोपी अछामी (दलितबाट) र देवेन्द्र दाहाल (अन्यबाट) चयन भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान लाई उम्मेदवार बनाइएको छ ।

प्रदेश ३ बाट महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ ।

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्यबाट) र भगवती न्यौपाने (महिलाबाट) लाई उम्मेदवार बनाइएको छ ।

प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसीलाई उम्मेदवार बनाइएको छ  ।

सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -