- ADVERTISEMENT -

जापानमा सोनाम ल्होछारको अवसरमा ‘२८५६ औँ जिवा’ ल्हो विशेष साँस्कृतिक कार्यक्रमको आयोजना

January 2, 2020
1118
Shares
- ADVERTISEMENT -

जापान, १७ पौष २०७६ । नेपाल तामाङ समाज जापान, नागोयाले आउदै गरेको सोनाम ल्होछारको अवसरमा ‘२८५६ औँ जिवा’ ल्हो विशेष बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यहि आउदो जनवरी १९ तारिखका दिन नागोयाको नागोया कोकुसाई सेन्टर स्थित हलमा हुन लागेको उक्त बृहत ल्होछार साँस्कृतिक हुने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रममा स्थानीय कलाकारहरु चर्चित गायक छबि लामा, संगीतकार जनक थोकर र गायक टोप्से वाईबा लगायत कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिका साथमा सपाना तामाङ, कविता लामा ,अनिता लामा र विजय तामाङको नुत्य प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

समाजले ल्होछारकै अवसर पारेर तामाङ जातिहरुको राष्ट्रिय भेष -भुषा र गर -गहनालाई सम्बर्दन गर्ने मुख्य उदेश्यको साथ तामाङ मौलिक भेषभुषा महिला ,पुरुष फोटो प्रतियोगिता २०२० को पनि आयोजना गरेको समाजका अध्यक्ष सञ्जय तामाङ् (मेन्दोला) ले बताउनु भयो । साथै  नेपालको विभिन्न ठाउँहरुबाट जापानमा आई जापानी भाषा एन -1 लेवलको परीक्षा उतिर्णहरुलाई बिशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष तामाङले जानकारी दिनु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -