- ADVERTISEMENT -

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

January 2, 2020
1183
Shares
?????????????????????????????????????????????????????????
- ADVERTISEMENT -

काठमाडौं, १७ पौष २०७६ । असन्तुष्ट पक्षले बाहिस्कार गर्ने घोषणा गरेपनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने तयारी भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजेपछि बैठक बस्ने तयारी भएको संस्थापन पक्षका नेताहरुले जानकारी दिएका छन् । असन्तुष्ट पक्षको बहिस्कारका बीच महाधिवेशनको मिति तोक्ने, विभागहरु बढाउने लगायतका निर्णय गरेपछि काँग्रेस भित्र दुई पक्षको बीचमा दुरी थप बढेको छ ।

- ADVERTISEMENT -

Advertisement

एकपक्षीय तरिकाले गरिएका निर्णयहरु फिर्ता नलिँदासम्म बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षले घोषणा गरिसकेको छ । बैठक सुरु हुनुभन्दा अगाडीसम्म पनि असन्तुष्ट पक्षलाई बैठकमा सहभागी गराउन संस्थापन पक्षले प्रयास गरिरहने देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिनुभयो ।

सभामुखको निर्वाचन, राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनलगायतका विषयमा छलफल गर्न काँग्रेसको बैठक बस्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका पदाधिकारीहरुको हिजो बसेको बैठकले आज बैठक बस्ने र बैठकका एजेण्डाहरु तय गरेको थियो ।

यसैबीच, नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले बिधान सम्मत महाधिवेशन गर्न माग गर्दै गरिरहेको रिले अनशन आज पनि जारी छ । यही पुस २ गतेदेखि उनीहरुले लगातार १२ घण्टे रिले अनसन गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -