- ADVERTISEMENT -

डोजर लगाइएको सिरहाको दलित बस्ती परालको ओछ्यान र त्रिपालको ओतमा

December 28, 2019
969
Shares
- ADVERTISEMENT -

काठमाडौं, १२ पौष २०७६ । सिरहा नगरपालिका १ का दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै गत शनिबार रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया महराको घर भत्काएका थिए ।

डोजर लगाएर घर भत्काएपछि चिसोमा दलित महरा परिवारले जिल्ला प्रशासन, नगरपालिका र संघसंस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर नजिकैको आँप बगैँचामा आश्रय लिएका छन्।

- ADVERTISEMENT -

Advertisement

यसरी चिसोमा त्रिपालमुनि बस्दा वृद्धवृद्धा र बालबालिका बिरामी पर्न थालेका छन्। ७० वर्षीय रामजी महरालाई त्रिपालमा श्वास फेर्न गाह्रो भयो। चिसोका कारण महराको रक्तचाप उच्च रहेको र श्वास–प्रश्वासमा समस्या देखेपछि उनलाई सोमबार सिरहा अस्पताल भर्ना गरिएको थियो। चिकित्सकले आकस्मिक कक्षमा राखेर उपचार गरे। उपचारपछि महरा फेरि त्रिपालमैं पुगेका छन्। स्वास्थ्यमा केही सुधार आएको छैन। ‘चिसोले अहिलेपनि श्वास फेर्न गाह्रो हुन्छ’ त्रिपालमा भेटिएका उनले भने, ‘थातथलो पनि उजाडियो, चिसोले त्रिपालभित्र मरिन्छ जस्तो लाग्न थालेको छ।’

परालको ओछ्यान र त्रिपालको ओतले चिसो छल्न नसक्दा बालबालिकालाई जोगाउने कसरीरु कारी महरा प्रश्न गर्छिन्। कारीका ४ महिने काखे छोरी रोचिता, ६ वर्षीया छोरी रमितालाई चिसोले थला पर्न लागेका छन्। बाबु बाजेको पालादेखि बस्दै आएको जग्गा हाम्रो ठाउँ होइन ररु हाम्रो ठाउँ कहाँ छरु कारी महराले दु स् खेसो पोखिन। ‘पति रामवृक्ष भारतको पञ्जाबमा मजदुरी गर्छन, यता थातथलो उजाडियो, हामी कहाँ जाउ अब’ ४ महिने काखे छोरी रोचितालाई च्यापेकी कारीले भनिन्। घर भत्किएका सबै ६ परिवार मजदुरीमा निर्भर छन्।

- ADVERTISEMENT -

Advertisement

‘रातभर शीतले छपक्कै ढाक्दा चिसो सहिनसक्नु हुन्छ’ रिझो महराले भनिन् ‘लालाबाला यही चिसोले लैजान्छ कि भन्ने पीरले रातभर निद्रा पर्दैन।’ परालको डसनामा ओछ्याएर रिझोसँगै एकै त्रिपालमा साढे २ वर्षीय छोरा परविन, अरविन्द, छोरी अस्मिता, ७ वर्षीय छोरा रबिन र पति राजकुमार बस्छन्।

रात छिप्पिदैं जाँदा बस्तीका वृद्धवृद्धा आगो बालेर रात गुजार्छन्। थातथलो उजाडिएपछि बिचल्लीमा मजदुरीमा खट्न पाएका छैनन्। वैकल्पिक व्यवस्था नभई घर भत्काइयो। घर भत्काएपछि दिनभर मजदुरी गर्न पनि सकिएको छैन। मजदुरी नभएपछि छाक टार्न समेत नसकिने भएको छ। अरुले दिएको खाद्यान्न खाएर छाक टार्दै आएका छन्।

घर भत्काउन समय दिनुस् भन्दा समेत जमिन्दार नमानेको र पुलिससहित आएर जबरजस्ती डोजर लगाएर घर भत्काईदिएको पीडितको गुनासो छ। ‘दुई वटा फुसको घर थियो, त्यही भएपनि जाडोमा बस्न हुन्थ्यो’ सम्तोलिया महराले दु स् खेसो पोखिन ‘त्यही फुसको घरलाई पनि हेर्दाहेर्दै क्षणभरमा डोजरले सखाप पारिदियो, हामी कहाँ शरण लिन जाउँ हजुर।’

नगरपालिकाले १२ थान त्रिपाल, कम्बल, खाद्यान्न र दाउरा उपलब्ध गराएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले जानकारी दिए। कान्तिपुरबाट ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -