- ADVERTISEMENT -

समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

December 25, 2019
475
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ पौष २०७६ । समाजवादी पार्टी नेपालले नेकपा तथा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

समाजवादी पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने समाजवादीका एक नेताले बताएका छन् । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे भने केही बोलेको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसलगत्तै मंगलबार उपप्रम यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

पार्टीको आगामी रणनीतिबारेमा समाजवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार दिउँसो पत्रकार सम्मेलन तयारी गरेको छ । समाजवादीसँग संघीय संसदमा १७ सांसद रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -