Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:१६ दिउँसो
- ADVERTISEMENT -

क्रिसमसको रौनक

प्रकाशित मिति: २०७६ पुस ९, बुधबार

564
Shares

काठमाडौँ, ९ पौष २०७६ । राजधानीका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरूमा ‘क्रिसमस’ निकै सजिसजाउ छन् । रेस्टुरेन्टहरूमा हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’मा बत्तीको चमकसहितको एउटा आकर्षक आकृति देखिन्छ ।

कृत्रिम तथा प्राकृतिक स–साना रूखलाई सजाएर मनाइने क्रिसमसमा बत्ती र कला अनिवार्यजस्तै भएको छ । अहिले नेपालका ठूलो सङ्ख्यामा युवापुस्ताले
क्रिसमस मनाउँछन् ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र क्रिसमसले राष्ट्रिय चाडको मान्यतासमेत पाइसकेको अवस्थामा बर्सेनि क्रिसमस भव्य हुन थालेको छ ।

ठमेलस्थित फरएभर क्याफेका निरललित पियाले अहिले पर्यटकका लागि ‘अफ सिजन’ भए पनि नेपाली युवापुस्ताका लागि क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको बताउनुभयो । गायिका लसता जोशीले विद्यालय पढ्दैदेखि क्रिसमस मनाउँदै आएको जानकारी दिँदै विश्वव्यापी रूपमा मनाइने यो अन्तर्राष्ट्रिय चाड बनेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसपालि आफूले विभिन्न होटलमा क्रिसमसको गीत गाउने जानकारी पनि दिनुभयो ।

ललितपुरका सनम अधिकारीको त क्रिसमसमा योजना भव्य छ । उहाँ क्रिसमस र न्यु इयर मनाउन भारतको गोवा जाने तयारीमा हुनुहुन्छ । गैरक्रिस्चियन भए पनि पुनेमा पढ्दादेखि साथीहरूसँग क्रिसमस मनाउने बानी परेको बताउँदै उहाँले चाड मनाउन त्यही धार्मिक सम्प्रदायकै हुनुपर्छ भन्ने नलाग्ने बताउनुभयो । क्रिसमसकै अवसरमा आफ्नी छोरीलाई शान्ताका लुगा (रातो फ्रक) खरिद गर्दै गर्नुभएका नम्रता गुरागाईंले भन्नुभयो, “हामी त हिन्दू हौँ तर विद्यालयमा सबैले शान्ताका लुगा लगाउने रे, त्यसैले खरिद गर्न आएका हौँ । ”
क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी चाड मनाउन थालिएको छ । क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न मद्दत पु¥याउँछ ।

हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकर्षणबारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का भन्नुहुन्छ, “केही युवाले फेसनका रूपमा यो चाड मनाएको देखिए पनि
मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रिस्टियन धर्मावलम्बी खुल्न थालेका हुन् । ”

इसाई धर्मका संस्थापक मानिने येसु ख्रिस्टको जन्मदिन २५ डिसेम्बर भएको मान्यतासहित विश्वभर उक्त दिनलाई विशेष अवसरका रूपमा धूमधामका साथ मनाइन्छ । येसुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा देशभरका इसाई धर्मावलम्बीले विशेष प्रार्थना तथा कार्यक्रम गर्ने गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -