काठमाडौं, ८ पौष २०७६ । काठमाडौंका विभिन्न स्थानबाट एक सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सोमबार बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
“हामीले साइबर अपराधको पूर्वसूचना पाएकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,” केन्द्रीय अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारीले भने । उनीहरु सबैलाई काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको हो ।