काठमाडौं, ८ पौष २०७६ । डिसेम्बर १० (पुस १० गते बिहीबार) खण्डग्रास सूर्यग्रहण लाग्दैछ । बिहीबार लाग्ने सूर्यग्रहणलाई एसिया, अफ्रिका र अष्ट्रेलियाका विभिन्न भागबाट अवलोकन गर्न सकिने छ ।

बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण यो वर्षको अन्तिम सूर्य ग्रहण समेत हो । उक्त सूर्य ग्रहण बिहान आठ बजेदेखि ११ सम्म जारी रहने छ । खण्डग्रास सूर्यग्रहण बिहान ८ः१९ बजे सुरु भएर ११ः११ बजे समाप्त हुनेछ ।

सूर्यग्रहणलाई कतार, साउदी अरब, भारत, श्रीलंका र इन्डोनेसियाबाट प्रस्ट देखिने छ । सूर्यग्रहणलाई एक शताब्दीपछि कतारबाट अवलोकन गर्न सकिने छ ।

साथै भारतको मुम्बई, बेंगलुरु, नयाँ दिल्ली, चेन्नाई, मिसोरबाट समेत अवलोकन गर्न सकिने छ । रियाद, दोहा, मस्कटसहित पाकिस्तानको कराँची, मलेसियाको क्वालालाम्पुर र इन्डोनेसियाको जाकार्ताबाट समेत अवलोकन गर्न सकिने छ ।

सूर्यग्रहण कसरी लाग्छ  ?

सूर्य ग्रहणलाई खग्रास र खण्डग्रास गरी २ स्वरुपमा विभाजन गरिएको छ । चन्द्रमाले सूर्यको केही भागलाई मात्रै छेकेको अवस्थामा हुने ग्रहण नै खण्डग्रास सूर्य ग्रहण हो । यदि चन्द्रमाले सूर्यलाई पूर्णरुपमा छेकेमा त्यस्तो ग्रहणलाई खग्रास सूर्यग्रहण (पूर्ण ग्रहण) भनिन्छ ।

खग्रास सूर्यग्रहण पृथ्वीका निश्चित क्षेत्रमा मात्र देख्न सकिन्छ । अधिकतम दुई सय पचास (२५०) किलोमीटरको सम्पर्कमा मात्र खग्रास ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्डग्रास-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडिबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई अधिकतम, सात मिनटसम्म पुरा छेक्दछ । यसबखत केही आकाशमा केही समयको अँधेरो हुन जान्छ, या दिनमा रात भएको जस्तै हुन्छ ।

यस्तो छ धार्मिक मान्यता

सूर्यग्रहणपछि पवित्र नदीमा स्नान गर्ने धार्मिक परम्परा समेत छ । सूर्यग्रहणलाई धार्मिक कोणबाट समेत व्याख्या गरिएको छ ।

धार्मिक कथा अनुसार सूर्य ग्रहणलाई प्राचीन कालमा भएको समुन्द्र मन्थनसँग जोडिएको छ । कुनै बेला देवता र दानव (असुर) मिलेर समुन्द्र मन्थन गरेको र सोही क्रममा भाग्य लेखेको कथामा उल्लेख छ । कथा अनुसार समुन्द्र मन्थन गर्ने क्रममा दिव्य अमृत निस्केको थियो । उक्त अमृत कसले सेवन गर्ने भनेर विवाद हुँदा देवता र दानवबीच युद्ध नै भयो । तर भगवान विष्णुले मोहिनी अवतार लिएर देवतालाई अमृत सेवन गराउनु भयो ।

सोही क्रममा स्वरभानु नामका असुरले समेत देवताको भेष धारण गरी अमृत सेवन गरे । चन्द्र र सूर्यले स्वरभानु चिनेपछि भगवान विष्णुलाई जानकारी गराउनु भयो । विष्णु भगवानले क्रोधित हुँदै सुदर्शन चक्रले स्वरभानुको शीर छेदन गर्नुभयो । तर अमृत सेवन गरेका कारण स्वरभानु मरेनन् । दिव्य अमृतले गर्दा उनको शीर र शरीर दुबै अमर बन्यो । शीर राहुको रुपमा र शरीर केतुको रुपमा रह्यो ।

त्यसदिनदेखि राहुले चन्द्र र सूर्यलाई आफ्नो परम दुश्मन मानेको विश्वास गरिन्छ । राहुले चन्द्रमालाई छेक्दा चन्द्रग्रहण र सूर्यलाई छेक्दा सूर्यग्रहण लाग्ने धार्मिक मान्यता छ ।

कुन राशिलाई कस्तो प्रभाव ?

बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको प्रभाव सबै राशिमा पर्नेछ । झण्डै १४४ वर्षपछि पहिलो पटक सूर्यग्रहणसँगै महासंयोग समेत बन्दैछ । यो ग्रहण धनु राशिमा लाग्नेछ । धनु राशिमा वृहस्पति, शनि, केतु र चन्द्रमा पहिलादेखि नै उपस्थित छन् । सूर्य ग्रहण कुन राशिका लागि कष्टकारी र कुन राशिका लागि फलदायी छ भनेर यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

१। मेष

बिहीबार लाग्ने सूर्यग्रहणबाट मेश राशि भएकाहरुमाथि दुष्प्रभाव देखिने छ । मेष राशिवालालाई ग्रहणका कारण काममा रोकावट आउने छ भने सन्तानलाई कष्ट हुने योग छ । साथै धन हानी हुने संभावना समेत छ ।

तर रातो आसनमा बसेर बिहानपख आदित्य ह्रदय स्तोत्र पाठ गर्ने हो र गुड दान गर्ने हो भने सूर्यग्रहणको दुष्प्रभाव कम गर्न सकिन्छ ।

२। वृष

सूर्यग्रहणको प्रभावले वृष राशि भएका व्यक्तिलाई अचानट चोट लाग्ने संभावना छ भने आँखाको समस्या देखिन सक्छ ।स्वास्थ्यमा सामान्य हेलचेक्र्याइ गर्दा निकै ठूलो कष्ट आइपर्ने योग छ । तर ॐ घृणि सूर्याय नमः मन्त्रलाई १०८ पटक  जप गर्दा ग्रहणको दुष्प्रभाव कम हुन सक्छ ।

३। मिथुन

खण्डग्रास सूर्यग्रहणका कारण मिथुन राशि भएका व्यक्तिको दाम्पत्य जीवनमा खटपट आउन सक्छ । साथै व्यापार/व्यवसायमा समेत नकरात्मक असर पर्ने योग छ । सूर्यग्रहणले मिथुन राशिवालाहरुलाई आर्थिक रुपमा कमजोर बनाउने संभावना पनि देखिन्छ । गरीब र असहाय व्यक्तिलाई गहुँ र गुड(भेली) दान गर्ने र सूर्यलाई नमस्कार गर्ने हो भने ग्रहणको प्रभाव कम होला ।

४। कर्कट

कर्कट राशि भएका व्यक्तिहरुका लागि बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण निकै लाभदायक हुनेछ । ग्रहणको सकरात्मक प्रभावले गर्दा यो राशि भएका व्यक्तिले कार्यमा सफलता हात पार्नेछन् भने धन वृद्धि हुने योग छ । साथै नयाँ लगानी गर्ने योग छ भने रोकिएर बसेको धन समेत प्राप्त होला ।

भगवान सूर्य नारायणको सूर्याष्टक पाठ गर्ने र गरीब तथा असहाय व्यक्तिहरुलाई मिष्ठान भोजन दान गर्नु भयो भने सूर्य ग्रहणको सकरात्मक प्रभाव थप वृद्धि होला ।

५। सिंह

सिंह राशि भएका व्यक्तिलाई सूर्यग्रहणका कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । पेटसम्बन्धी समस्या देखिन सक्ने योग छ । तर ग्रहणको सकरात्मक प्रभावले धन लाभ हुन सक्ला । सूर्य ग्रहणका बेला आफ्नो मनको कुरा अरुलाई भन्दा हानि हुने योग समेत छ । तर बिहान सूर्य भगवानलाई नमस्कार गर्दा ग्रहणको नकरात्मक प्रभाव कम हुनेछ । साथै सुस्वास्थ्यका लागि ॐ आदित्याय नमः का जप गर्नुहोस् ।

६। कन्या

सूर्यग्रहणका कारण कन्या राशि भएका व्यक्तिले पारिवारिक समस्या सामना गर्नुपर्ने देखिन्छ । साथै जागिरमा समेत समस्या उत्पन्न हुनेछ । सूर्यग्रहणका बेला व्यापार/व्यवसायमा समेत हानि हुने योग छ । ग्रहणको दुष्प्रभाव कम गर्न भगवान र सूर्य स्तोत्र पाठ गर्नुहोस् । त्यस्तै गरीब तथा असहाय मानिसलाई मिष्ठान खाना दिनुहोस् ।

७। तुला

तुला राशिलाई समेत बिहीबार लाग्ने सूर्य ग्रहणले केही कष्ट निम्त्याउने योग छ । ग्रहणले गर्दा तुला राशि भएका व्यक्तिले आफ्नै मित्रले केही न केही समस्या खडा गर्ने वा धोका दिनेछ्न् । साथै पिताको स्वास्थ्यमा समेत समस्या देखिने योग छ । भाइबहिनीसँग झगडा हुन सक्छ । ग्रहणको सकरात्मक प्रभावले नयाँ घर किन्ने संभावना पनि उत्तिकै छ । दुष्प्रभाव कम गर्न ॐ नमः शिवाय मन्त्रलाई १०८ पटक जप गर्नुहोला र गुड दान गर्नुहोस् ।

८। वृश्चिक

वृश्चिक राशि भएका व्यक्तिलाई समेत सूर्यग्रहणले राम्रो प्रभाव पार्ने देखिँदैन । यो राशि भएका व्यक्तिका लागि आफन्तसँग झगडा हुने संभावना छ । पारिवारिक खटपट हुने र धन हानि हुने योग छ । रिसले निकै नोक्सान गर्न सक्छ । त्यसैले क्रोशलाई काबुमा राख्नुहोला । ग्रहणको दुष्प्रभावबाट बँच्न बिहान हनुमान चालीसाको पाठ गर्नुहोस् । गरीब तथा असहायलाई रातो कपडा र गुड दान गर्नुहोला ।

९। धनु

सूर्यग्रहणका कारण धनु राशि भएका व्यक्तिको स्वास्थ्यमा खराबी देखिने छ । साथै शरीरमा चोटपटक लाग्ने योग छ । आम्दानीमा वृद्धि भएपनि खर्च दोब्बर हुनेछ । ग्रहणको दुष्प्रभाव कम गर्न सूर्य भवगानको नाम जप गर्नुहोस् । साथै विष्णु चालीसाका पाठ गर्नुहोस् ।

१०। मकर

मकर राशि भएका व्यक्तिको खर्च बढ्ने योग छ । साथै आँखाको समस्या समेत देखिन सक्छ । साथीभाइ, सहकर्मी तथा आफन्तसँग विवाद बढ्न सक्छ । सूर्यग्रहणको बेला परिवारका सदस्यको विशेष ख्याल गर्नुहोस् । भगवान सूर्यनारायणका १०८ वटा नामको जप गर्नुभयो असहायलाई भोजन दान गर्नुभयो भने ग्रहणको दुष्प्रभाव कम होला ।

११। कुम्भ

कुम्भ राशि भएका व्यक्तिलाई बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण शुभ मानिएको  छ। यो राशि भएका व्यक्तिले धन लाभ गर्ने योग छ । साथै सन्तानको समस्या समेत हल हुने देखिन्छ । पढाइ वा जागिरको खोजीमा रहेका व्यक्तिका ग्रहण निकै शुभ मानिएको छ । यदि आफ्नो तौल बराबरको खाद्यान्न दान गर्नुभयो र गरीबलाई भोजन दान गर्नुभयो भने थप लाभदायक हुनेछ ।

१२। मीन

मीन राशि भएका व्यक्तिका लागि कार्यस्थलमा केही न केही परिवर्तन हुने देखिन्छ । त्यस्तै मानसिक समस्या आउने योग छ । सहकर्मीसँग विवाद बढ्दा हानि हुन सक्छ । तर सूर्यग्रहण सकिएपछि केही शुभ समाचार प्राप्त हुन सक्छ । दुष्प्रभावबाट बँच्न बिहान रातो आसनमा बसेर सूर्य स्तोत्र पाठ गर्नुहोस् । र रातो फूल भगवान गणेशलाई चढाउनु होला ।

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्