टोकियो, ७ पौष २०७६ । तमु धिं जापानले २५ औं तमु ल्होसार (च्यु ल्हो) यही भव्यताका साथ मनाउने तयारी गरेको छ ।

आउदो जनवरी ४ तारिक शनिबारका दिन विविध साँस्कृतिक कार्यक्रमसहित भब्य रुपमा तमु ल्होसार मनाउन लागिएको आयोजकले जनाएको छ ।

टोकियोको युनेओ पार्कमा सम्पन्न हुने उक्त ल्होसार (च्यु ल्हो) लाई भब्य बनाउन नेपालबाट चर्चित लोक गायिका शर्मिला गुरुङ पप गायक सन्जिब गुरुङ, लोक तथा दोहोरी गायक राकेश गुरुङ टोकियो आउने कार्यक्रम तय भएको छ ।

टोकियोलाई आफ्नो कर्म थलो बनाउदै आएका गाएक रुपेश गुरुङ, द हिमालयन टेलिभिजनबाट संचालित चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नक आउट चरण सम्म पुगी आफ्नो धमाकेदार प्रस्तुति दिन सफल नब उदयमान गाएक कुमार गुरुङ (काले भाइ) को विशेष प्रस्तुति रहने छ ।

कार्यक्रमलाई थप धमाकेदार र मनोरंजनात्मक बनाउन तमु साँस्कृतिमा आधारित घाटु, सोरठी जस्ता नाँच लगाएत विविध खेलहरु समेत प्रस्तुत हुनेछ । जसको लागि तमु धिं जापानले आफनो ब्यापक तयारि गरेको जनाएको छ ।

हरेक वर्ष आफ्नो साँस्कृतिक पर्व ल्होसार र रोधी लगाएत विविध सामाजिक क्रियाकलाब गर्दै आइरहेको तमु धिं जापानको यसपालिको (च्यु ल्हो) ल्होसार विशेष हुने आयोजले बताएको छ ।

हलभित्र कार्यक्रम गर्दा सिमित समयमा समेटिनु पर्ने बाध्यतालाइ पन्छाउँदै टोकियोको ब्यस्त र थकित मनहरुलाई भरपुर आत्मा संतुस्टि र भब्य बनाउन यसपाली खुल्ला पार्कमा ल्होसार मनाउने भएकोले पनि यसपालिको ल्होसार विशेष हुने भएको छ ।

जसको लागि संस्थाले जापानमा अवस्थित सबै सामाजिक संघ सस्था, वैचारिक संगठन, जातीय संस्थाहरु, पत्रकार, बुद्धिजीबी, व्यवसायी कलाकार सबैलाई निमत्रणा गरेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्