काठमाडौं, ७ पौष २०७६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष बन्ने पक्का भएको छ ।

नेता गौतमलाई उपाध्यक्ष बनाउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन २१ गतेको सचिवालय बैठकमा प्रस्ताव पेश गरका थिए ।

शनिबार बसेको स्थायि समिति बैठकले सोही विधान संशोधन प्रस्ताव पारित गरेपछि नेता गौतमलाई उपाध्यक्ष बन्ने बाटो खुल्ला भएको हो । नेकपाको विधानमा उपाध्यक्षको व्यवस्था नभएका कारण सचिवालयले विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको थियो ।

सो प्रस्ताव बमोजिम नेकपाको विधानमा अब ‘नेकपामा एक उपाध्यक्ष हुनेछ’ व्यवस्था थप गरी विधान संशोधन गरेको स्थायी समिति सदस्य मणि थापाले जानकारी दिए ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सहमति भइसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्