- ADVERTISEMENT -

नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १ सय ५० जनालाई पौडेलले गरे स्वागत

December 22, 2019
729
Shares
- ADVERTISEMENT -

बनेपा, ६ पौष २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकारले राज्यकोषको चरम दोहन गरिरहेको आरोप लगाउनु भएको छ ।

नेपाली कांग्रेस काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारी सम्पत्ति आफ्ना कार्यकर्ताहरुबीच बाँडेकोमा सरकारको कडा आलोचना गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बालुवाटर तथा गोकर्ण जग्गा प्रकरणबाट वर्तमान सरकारले राज्यकोषमा लुटतन्त्र मच्चाएको पुष्टि भइसकेको पौडेलले बताउनु भयो । “कम्युनिष्टहरुको बाहुल्यता रहेको सरकार कम्युनिष्ट सिद्धान्तको ठीप विपरित हिड्ँदा विश्व मानचित्रमा नै नेपालको इज्जतमा धब्बा लागेको छ” पौडेलले भन्नुभयो ।

देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो । पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राख्नु भयो ।

नेपाली कांग्रेसले अब सदनमा भ्रष्टाचारको मुद्दा शशक्त ढंगले उठाउनुपर्ने भन्दै पौडेलले निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्ने प्रत्याभूति नभए सम्म सदन सुचारु गर्न दिन नहुने तर्क गर्नु भयो ।

सोही अवसरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १ सय ५० जनालाई पौडेलले स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरु शिव हुमाँगाइ, मधु आचार्य लगायतले नेपाली कांग्रेस बाहेक अरु कसैले लोकतन्त्रको रक्षा गर्न नसक्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -