- ADVERTISEMENT -

धादिङको आगिञ्चोकमा २१ जना नेकपा र राप्रपा छोडेर नेपाली कांग्रेसमा प्रवेश

December 21, 2019
1861
Shares
- ADVERTISEMENT -

धादिङ, ५ पौष २०७६ । त्रिपुरासुन्दरी गाउँपालिका ६ आगिञ्चोकका २१ जनाले नेकपा तथा राप्रपा छोडी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमको बिच उनीहरु पुर्व माओवादीबाट वडा सदस्यको प्रत्याशी रहेका धनकुमार श्रेष्ठको नेतृत्वमा कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस धादिङका नेताहरु दिलमान पाख्रिन, तिलक रुवाली, वासुदेव तिमल्सेना, यमनाथ दनै, फडिकान्त छत्कुली, राजु पाख्रिन, राजन बुर्लाकोटी लगायतले नेताहरुले उनीहरुलाई फुलमाला लगाएर तथा पार्टी सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस प्रवेश गर्नेहरुमा राप्रपाबाट वडा सदस्यको प्रत्याशी हेमबहादुर खाँण रहेका छन् । त्यसैगरी, नेकपाका पुर्व वडाध्यक्ष चित्रबहादुर कुँवर र पदमबहादुर शाहले पनि पार्टी परित्याग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement


त्यसैगरी, कांग्रेस प्रवेश गर्नेहरुमा नेकपाका कार्यकता देविन्द्रकुमार श्रेष्ठ, कमल बहादुर कुँवर, ईन्द्र बहादुर कुँवर, बालबहादुर भण्डारी, अनसिंह नेपाली, अर्जुन शाह, भेषराज थापा, शान्नानी सिल्वाल (शर्मा), जितबहादुर बिक, मैनमान बिक, यमबहादुर अधिकारी, अन्जिता थापा, सुवल बस्याल, रामकुमार सुर्खेती, मिलन वयलकोटी, बिशन अधिकारी र प्रदिप अधिकारी रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता तथा पुर्व राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाख्रिनले नेकपाको वर्तमान सरकार काम भन्दा पनि कुरा धेरै गर्ने र आफ्ना आसेपासेहरुको पालन पोषणमा मात्रै केन्द्रित भएको आरोप लगाए । नेकपाको दुई तिहाई सरकारले गरिव जनताको मतको अबमुल्यान गरेकोले सरकार प्रति जनतामा वितृस्ण फैलिएकाले जनाताले कांग्रेस रोज्न थालेको बताए । साथै कांग्रेसमात्रै सच्चा जनताको पार्टीरहेको उनको भनाई थियो ।

- ADVERTISEMENT -

Advertisement

पार्टी परित्याग गर्नेहरुको तर्फबाट नेतृत्व गरेका धनकुमार श्रेष्ठले नेकपाको दुई तिहाई सरकारले आफुहरुलाई भ्रममा पारी जनताको पिर मर्कालाई वेवस्ता गरेकाले आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको बताए । साथै कांग्रेसले आफुहरु सबैलाई समेटेर अगाडि बढ्न सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता तिलक रुवाली, वासुदेव तिमल्सेना, यमनाथ दनै, फडिकान्त छत्कुली, राजु पाख्रिन, राजन बुर्लाकोटी लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम त्रिपुरासुन्दरी गापा वडा नं ६ का नेपाली कांग्रेस वडा राजेन्दै बहादुर शाहको सभापतित्मा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -