Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:०९ दिउँसो
- ADVERTISEMENT -

काँग्रेसद्वारा संविधानअनुकूल विधेयक प्रस्तुत गर्न माग

प्रकाशित मिति: २०७६ पुस ५, शनिबार

674
Shares

काठमाडौँ, ५ पौष २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधानको भावना र मर्मविपरीत सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

काँग्रेस संसदीय दलको आज बसेको बैठकले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलगायतका विधेयक फिर्ता लिई संविधान अनुकूल विधेयक प्रस्तुत गर्न सरकारसँग माग गरेको हो । बैठकले संवैधानिक परिषद्को कार्य सञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेशमार्फत प्रयास भएको जनाउँदै यस सन्दर्भमा संविधानविपरीत संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकप्रति आपत्ति प्रकट गर्ने जनाएको छ । विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै काँग्रेसले त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग माग गर्ने निर्णय गरेको काँग्रेस सचेतक पुष्पा भुषाल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले राजनीतिक पूर्वाग्रह राखी राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य भएको टिप्पणी गर्दै सो कार्य तत्काल बन्द गर्न माग गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेसका सांसद मोहमद अफताव आलममाथि राजनीतिक पूर्वाग्रह राखी झुटा प्रमाण सङ्कलन गर्दै फसाउने कार्य भएको भन्दै काँग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।

बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनमाथि सरकारलाई पूर्वाग्रही ढङ्गबाट हस्तक्षेप नगर्नसमेत सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बैठकले भारतसँगको सीमा समस्या समाधानका लागि सरकारले हालसम्म गरेका पहलका बारेमा संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ ।

काँग्रेसले प्रधानमन्त्री तहबाट हालसम्म सो सन्दर्भमा कुनै पहल भएको नदेखिएको भन्दै त्यसबारे संसद्मा स्पष्ट जवाफको लागि माग गर्ने निर्णय गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिभाज्य भूमि भएको र भारतले केही समय अगाडि उक्त सम्पूर्ण भू–भागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्साप्रति आपत्ति जनाउँदै सो बारेमा काँग्रेसले यसअघि नै आफ्नो धारणा स्पष्ट गरिसकेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाबाट राष्ट्रियता र राष्ट्रिय अखण्डताजस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एकसाथ उभिनुपर्ने धारणा राखी सो विषयमा सरकारले लिने कूटनीतिक पहल र अग्रसरतामा पार्टीको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट दृष्टिकोण राखिसकेको समेत काँग्रेसले जनाएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौतालाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -