काठमाडौं, ४ पौष २०७६ । नेपाली कांग्रेसले संविधानसँग बाँझिने गरी ल्याइएका सम्पूर्ण विधेयक फिर्ता लैजान सरकारलाई चेतावनी दिनु भएको छ ।

संघीय संसदको अधिवेशन प्रारम्भ भएकै दिन राष्ट्रियसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसबाट राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले संविधानविपरीत विधेयक ल्याउने काम नगर्न सरकारलाई चेतावनी दिनु भएको हो ।

उहाँले संविधानविपरीत ल्याइएका सबै विधेयकलाई फिर्ता लगि अनुकूल बनाएरमात्रै संसदमा विधेयक पेस गर्न आग्रह गर्नुभयो । ‘यस्ता विधेयकहरूलाई ल्याएर सत्तापक्ष र प्रतिपक्षीलाई जुहारी खेलाउने र कन्फनटेसनमा सदनलाई लैजाने प्रयत्न सरकारबाट नगरियोस्’ भन्नुभयो ।

सरकारले प्रतिपक्षलाई निषेध गर्ने मनसायका साथ संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारको बारेमा संशोधन गर्न बनेको विधेयक ल्याएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्