- ADVERTISEMENT -

विवादास्पद विधेयकको विरोधमा सदन तताउने कांग्रेसको घोषणा

December 20, 2019
495
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ पौष २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा पेश भएका विवादास्पद विधेयकको शसक्त प्रतिरोध गर्ने निर्णय गरेको छ ।

आजबाट संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन सुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्दैछिन् ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार बसेको संसदीय दलको बैठकले सरकारले ल्याउने तयारी गरेको विशेष समिति सेवा समिति गठन, निति तथा प्रतिष्ठान बिभाग, संसदबाट फिर्ता भै सकेको गुठी विधेयक, मानव अधिकार विधेयक लगायतका संविधान बिरोधी र प्रत्यक्ष सरोकार रहेका विधेयकको शसक्त प्रतिरोध गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले जानकारी दिईन ।

पछिल्लो दिनमा नेपालमा विवादित बनेको अमेरिकी सहयोग एमसीसी मिलिनियर्स च्यालेन्ज अन्तरगतको सहयोग स्वीकर गर्नको लागि सरकारलाई दवाव दिने निर्णय गरेको पनि जानकारी दिईन । त्यो सहयोग नेपालकै सहयोगको लागि आएको कांग्रेसले ठहर गरेको छ ।

त्यस्तै भारतद्वारा अतिक्रमित नेपाली भू–भाग फिर्ता ल्याउन सरकारले ठोस पहल गरेको नदेखिएकोले राष्ट्रियताको सवालमा सरकारलाई जिम्मेवार बनाउने रणनीति पनि कांग्रेसले तय गरेको छ ।

पछिल्लो समयमा सरकारले रिक्त रहेका विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्दा सरकारले आफ्ना पार्टीका कार्यकर्ताको भर्ती केन्द्र बनाएको भन्दै शैक्षिक क्षेत्रलाई आफ्ना कार्यकर्ताको भर्ती केन्द्र नबनाउन सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।

त्यस्तै रौतहट बम बिस्फोट प्रकरणमा पुर्पक्षका लागिा कारागार चलान भएका सांसद अफताव आलमलाई राजनैतिक प्रतिशोधको आधारमा फसाउन खोजिएको भन्दै तत्काल रिहा गर्नको लागि समेत सरकारसँग अपिल गरेको छ ।

त्यस्तै बाँकेको कोहलपुरमा स्कुलका स–साना बच्चाहरु माथी प्रहरिले अनावश्यक बल प्रयोग गरेको ठहर गर्दै कोहलपुर घटनाको कडा शब्दमा भत्सर्ना गरेको समेत सांसद संग्रौलाले जानकारी दिईन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -