Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:२० दिउँसो
- ADVERTISEMENT -

लोक सेवा आयोग : “विधेयकमा कारबाहीबारे प्रष्ट व्यवस्था गर्न माग “

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

728
Shares

काठमाडौं, ३ पौष २०७६ । सांसदहरुले लोकसेवा आयोगको नतिजा प्रकाशनलाई पारदर्शी बनाउने र नतिजा विक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेयकमा समेटनुपर्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलका क्रममा आयोगको नतिजा प्रकाशनलाई थप व्यवस्थित बनाउनुपर्ने बताएका हुन् ।

त्यस्तै नतिजा प्रकाशित भएपछि लोकसेवा पास हुनेले बैकल्पीकमा परेकालाई विक्री गर्ने गरेको बताउँदै त्यस्तो हुन नदिन विधेयकमा व्यवस्था गर्नुपर्ने बताएका हुन् । सांसद रामसहाय प्रसाद यादवले लोकसेवामा समावेसी र खुल्ला दुवैतर्फबाट एकै समयमा नाम निकाल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले आरक्षणमा नाम निकाल्ने व्यक्तिले खुल्लाबाट नियुक्ती लियो भने अन्य व्यक्ति आरक्षणको कोटाबाट बन्चित हुँदै आएको भन्दै लोकसेवाले पहिला खुल्ला तर्फको मात्र नतिजा प्रकाशित गरी पछि आरक्षणको प्रकाशित गर्ने व्यवस्था विधेयकमा गर्नुपर्ने बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खरिदारमा काम गर्ने कर्मचारीले नायब सुब्बामा नाम निकाली वैकल्पीकलाई विक्री गर्दा समेत कानून अभावमा कारबाही गर्न नसकिएको बताउनुभयो । त्यस्तो अवस्थालाई कम गर्न कम्तिमा २ वर्ष लोकसेवा परिक्षामा सहभागी हुन नपाउने व्यवस्था विधेयकमा ब्यबस्था गर्न सके बिकृति हटाउन सकिने बताउनुभयो ।

कानून मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले लोकसेवाबाट नतिजा प्रकाशित भएपछि वैकल्पीकामा परेकालाई आफ्नो नियुक्ती गर्नेलाई फौजदारी अभियोग अन्तर्गत कारबाही गर्नुपर्ने व्यवस्था विधेयकमा राख्नु पर्ने बताउनुभयो । त्यस्तै लोकसेवा पास गरिसेकपछि ३० दिन भित्र नियुक्ती लिनुपर्ने अभ्यास गरिएको र कुनै कारणबस नियुक्ती लिन नसकेमा समय थप गर्नपाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यस्तै लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मौनालीले नतिजा प्रकाशित पछि खुल्ला तर्फबाट नियुक्ती लिएपछि आरक्षणको कोटा खालि भएमा आरक्षणबाटै बैकल्पीकमा परेकाले अवसर पाउने गरेको बताउनुभयो । उहाँले आयोग बाहेक अन्य निकायहरुमा समेत यही प्रचलन रहेको भन्दै यो व्यवस्थालाई विधेयकमा उल्लेख गर्दा अझै राम्रो हुने बताउनुभयो ।

सांसदहरुले विधेयकको दफा २७ मा अन्तर्वार्ता समितिमा रहने विज्ञहरुको सूची सार्वजनिक सूचना प्रकाशित गरी तयार गरिने तर सूची गोप्य राख्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । त्यस्तै विधेयकमा लोकसेवा पास गरेपछि नियुक्ती लिन समस्या भए समय थप गर्न पाउनुपर्ने र वैकल्पीकमा परेकासँग बार्गेनिङ गरेको पाइए केही वर्ष लोकसेवा दिन नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -