काठमाडौं, ३ पौष २०७६ । चर्चित रियालीटी शो ‘नेपाल आइडलको तेश्रो संस्करण आजदेखी एपी वानएचडी टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

उक्त शो अब प्रत्येक बिहिबार र शुक्रबार एपी वानएचडी टेलिभिजनबाट बेलुकाको ८ बजेर ३० मिनेटमा प्रसारण हुँने भएको हो ।

गत बर्ष पनि प्रशारण भएको यस रियालीटी शोलाई दर्शकले निकै मन पराएका थिए । गत बर्षको नेपाल आइडलको दोस्रो संस्करणको विजेता रवि वोड बनेका थिए ।

गायन प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ देशका मुख्य ६ वटा सहरमा गरिएको अडिसनपछि बिहिबारबाट कोका कोला नेपालको प्रस्तुतीमा नेपाल आइडल’ को तेश्रो सिजन शुरु हुदैछ ।

यस रियालीटि शोका निर्देशक सुरेश पौडेल हुन् भने जजमा इन्दिरा जोसी, काली प्रसाद बास्कोटा, न्युबज्रचार्य रहनेछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्