Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१४:३४ बिहान
- ADVERTISEMENT -

सभामुखका लागि रस्साकसी , को बन्ला सभामुख

प्रकाशित मिति: २०७६ पुस २, बुधबार

1627
Shares

काठमाडौं, २ पौष २०७६ । संसदको हिउँदे अधिवशेन शुक्रबारदेखि सुरू हुँदैछ । प्रतिनिधि सभामा यो अधिवेशनको पहिलो एजेन्डा नै सभामुख चयन हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले भने सभामुखका लागि अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । पार्टीको जारी स्थायी समिति बैठकमा पनि सदस्यहरूले सभामुखको विषय धेरै लम्ब्याउन नहुने भन्दै छिटै टुंग्याउन शीर्ष नेतालाई अनुरोध गरेका छन् ।

तर शीर्ष तहमा सभामुख कसलाई बनाउने विषयमा कुरा नमिल्दा सभामुखको चुनाव कहिले हुन्छ तय भएको छैन।

नेकपाका विभिन्न नेताहरूका अनुसार प्रधानन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्नेबारे धेरै पटक कुरा भए पनि सहमति जुटिसकेको छैन ।

यसैबीच शीतल निवासले पनि सभामुखमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै बढुवा गर्न ठीक हुने विचार अघि सारेको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने मत राखिसकेका छन् ।

‘संसद चुनौतीपूर्ण हुने संकेत देखिएका बेला अनुभव र क्षमता भएका नेम्वाङलाई नै सभामुख बनाऔं भन्ने प्रधानमन्त्रीको धारणा हो, स्रोतले बताएको छ ।

सरकार बनाउँदाताका शक्ति बाँडफाट गर्दा पूर्वमाओवादी केन्द्रलाई सभामुख परेकोले सभामुख आफूहरूले पाउनु पर्ने अडान पूर्वमाओवादी पक्षको छ।

‘पार्टी एकता भइसकेको छ। तर महाधिवेशनसम्म हामी दुई पक्षजस्तो देखिएका छौ। यथार्त पनि त्यही हो,’ नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटाले, ‘त्यसैले सभामुखमा हाम्रो दाबी स्वभाविक हो। निर्णय भने पार्टीले नै गर्ने हो।’

पूर्वमाओवादीबाट सभामुखको प्रमुख दाबेदार सापकोटा नै हुन्। उनीसँगै देव गुरूङ र नेतृ पम्फा भुसालको पनि सभामुखमा दाबेदारी रहेको पूर्वमाओवादी नेताहरू बताउँछन्।

पार्टी अध्यक्ष प्रचण्डले भने यी तीनमध्ये कुनै एकको नाम खुलेर लिएका छैनन्। तर तीनमध्ये सापकोटा प्रचण्डका सबैभन्दा नजिक छन्। सशस्त्र युद्ध सुरू भएदेखि अहिलेसम्म उनले सधैं प्रचण्डलाई साथ दिँदै आएका छन्। पार्टी विभाजित हुँदा गुरूङ र भुसाल मोहन वैद्यसँगै गएका थिए। पछि रामबहादुर थापाको नेतृत्वमा उनीहरू माउ पार्टीमा फर्किए। सापकोटालाई नै सभामुख बनाउने प्रचण्डको चाहना भएको नेकपाका कतिपय नेता नै बताउँछन्।

कार्यकारी अध्यक्ष बनेपछि आफ्नै निवास खुमालटारमा भेटन पुगेका पूर्वमाओवादी नेताहरूलाई प्रचण्डले सभामुखका लागि पूर्वएमाले र पूर्वमाओवादी खेमा भनेर हेर्न नहुने बताएका थिए।

‘पूर्वएमालेका कतिपय साथीहरूले प्रचण्डले भनेको यही कुरालाई टिपेर हामीले सभामुखको दाबी छाडेको प्रचार गरिरहनुभएको छ,’ एक पूर्वमाओवादी नेताले भने, ‘त्यो सही होइन।’

सभामुखमा आफ्नो दाबी नरहेको बताउँदै नेम्वाङले सो पदमा कसलाई उठाउने भनेर अन्तिम निर्णय गर्ने अधिकार भने पार्टीमै रहेको बताए।

उपसभामुख तुम्बाहाम्फेले पनि सभामुख पदका लागि आफ्नो दाबी छाडेकी छैनन्। स्रोतका अनुसार तुम्बाहम्फेले प्रधामन्त्री ओलीसँग यस विषयमा कुराकानी गरेकी थिइन्। ओलीले अर्का अध्यक्ष प्रचण्डसँग कुराकानी गर्ने जवाफ दिएका थिए।

तुम्बाहाम्फेले प्रचण्डलाई सिधै भेटेकी त छैनन् तर उनले अनौपचारिक माध्यमबाट कुरा अघि बढाएकी छन्। स्रोतका अनुसार प्रचण्डले पनि हुन्न भन्ने जवाफ दिएका छैनन्।

उनलाई सभामुखका लागि सबैभन्दा बलियो साथ भने राष्ट्रपति भण्डारीको रहेको छ। महिला उपसभामुखलाई नै सभामुखमा पदोन्नति गर्दा राम्रो सन्देश जाने कुरा राष्ट्रपतिले नेताहरूलाई बताएकी छन्। यो अवधिमा तुम्बाहाम्फेले राष्ट्रपति भण्डारीलाई पनि ३/४ पटक भेट गरिसकेकी छन्।

संवैधानिक राष्ट्रपति भए पनि भण्डारीको नेकपामा अझै ठूलो प्रभाव छ। केही समयअघि ओली र प्रचण्डबीचको विवाद सुलह गर्दा पनि दुबैले राष्ट्रपति भण्डारीलाई साक्षी राखेका थिए।

सभामुख नेकपाले पाउन उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्छ। संविधानअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको बन्न मिल्दैन। उपसभामुख तुम्बाहाम्फेले संसद सुरू भएकै दिन राजीनामा दिने मनस्थिति बनाएकी छन्।

सभामुख चयनमा सत्तारूढ दलका नेताहरू सहमतिमा पुगे उपसभामुखले राजीनामा दिएर जेष्ठ सांसदले पुस ४ गते संसदको बैठको नेतृत्व गर्ने नेकपाका एक नेताले बताए।

‘सहमति जुटेन भने तुम्बाहाम्फेले नै केही दिन संसद चलाउन पनि सक्नुहुन्छ,’ उनले भने।

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। सेतोपाटिको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -