- ADVERTISEMENT -

गोरखामा बालबालिकालाई न्यानो कपडा वितरण

December 16, 2019
624
Shares
- ADVERTISEMENT -

गोरखा, ३० मङ्सिर २०७६ । गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा न २ थालाजुङमा १ सय ३० जना स्कुलका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

थालाजुंगमा रहेको श्री अहाल भञ्ज्याङ माध्यामिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा बितरण गरिएको बिधालयका प्रधानध्यापक केशरसिंह बस्नेतले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘बिधालयमा शिशु कक्षा देखी १० सम्म अध्ययन गर्ने १ सय ३० जना बिधार्थीहरु छन्् उनिहरु सवैका लागि ‘हाम्रो प्यारो नेपाल’ नामक संस्थाको सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।’ प्रधानध्यापक बस्नेतले भन्नुभयो । संस्थाले बिधालयलाई कुल १ सय ४० थान न्यानो कपडा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

संस्था संरक्षक डा।कपिल रिजाल र जिवन ओली सहितको टोली आज बिधालयमा पुगेर बिधालयमा अध्ययनरत सवै बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको बिधालयले जनाएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा पछिल्लो समय अत्याधिक चिसो बढेसंगै बालबालिकाहरुलाई न्यानो कपडाका अभावमा पठनपाठनको समस्या भईरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

उनिहरुलाई जाडोबाट सुरक्षित राख्न संस्थाको तर्फबाट न्यानो कपडा (स्विटर) वितरण गरेको संस्थाले जनाएको छ । बितरण गरीएको स्विटर ९० हजार रुपैयाँ बरावरको रहेको संस्थाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -