- ADVERTISEMENT -

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन:बस्दै

December 16, 2019
500
Shares
- ADVERTISEMENT -

काठमाडौं,३० मंसिर २०७६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्दैछ। महाधिवेशनको विषयले प्रवेश पाउनुभन्दा विभाग गठन गरेर समय लम्ब्याउने स्थिति बनेपछि संस्थापन इतर समूहले बहिस्कार गरेको बैठकमा खासै निर्णय निस्कन सकेको छैन ।

बिहीबारेखि उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बैठक शुरु भएको थियो । बहुमतको आधारमा बैठक अगाडि बढाएर निर्णय गर्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा पुगेको देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यता, पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष बैठकमा सहभागी भएको छैन । पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन् ।

दुई पक्षको बहिस्कारबीच पनि बैठक सोमबारसमेत बस्न लागेको हो । आइतबारको बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको थियो । प्रतिवेदनमाथि सोमबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।

देउवाले शुक्रबारदेखि सिटौला र पौडेल पक्षका नेतालाई भेटेर सहमतिमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । सिटौला र पौडेल पक्षको तर्क छ – महाधिवेशन आउन लाग्यो अब विभाग गठन गर्नुको अर्थ छैन । महाधिवेशनका लागि काम थालौं ।

देउवा नेतृत्वको कार्यकाल फागुन २० गते सकिँदैछ । चार वर्षअघि फागुनमा चार वर्षे कार्यकालका लागि चुनावी अधिवेशन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -