पोखरा, ३० मङ्सिर २०७६ । पोखरा लेकसाईडको करिब ३ किलो मिटर सडक क्षेत्रमा हुने सडक महोत्सव आउदो पुष १२ गते देखि हुदै छ । मुलुकको दोश्रो पर्यटकीय क्षेत्रको रुपमा बिकाश भएको पोखरामा सडकमै खाउँ सडकमै रमाऔ भन्ने नाराका साथ रेवान पोखराको आयोजनामा महोत्सव हुन लागेको हो ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष पुष १२ गतेदेखी १६ गते सम्म सडक महोत्सव आयोजना गरिदै आएको छ । यसरि प्रत्यक बर्ष गरिने महोत्सबलाई लिएर मुलुकको तेश्रो पर्यटकीय क्षेत्र सौराहामा रेवान पोखराले आईतबार निमन्त्रणा दिएको छ ।

रेवान पोखराले आईतबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरेर सौराहामा आउने बाह्य तथा आन्तरिक पर्र्यटकलाई निमन्त्रण दिएको हो । यसरि हुने मेला महोत्सबले पोखरा र सौराहालाई जोड्दै पर्यटन प्रर्वधन गर्न सकिने रेवान पोखराका पूर्व अध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।

यसपटकको सडक महोत्सवमा भारत, पाकिस्तानबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने पत्रकार सम्मलेलन मार्फत जानकारी गराईएको थियो ।नेपाल भ्रमण वर्षको वेला हुन लागेको सडक महोत्सवले पर्यटन प्रर्वधन थप टेवा पुग्ने छ । पर्यटन विकासमा सौराहा र पोखराबीच सम्वन्ध रहेको भन्दै पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके पर्यटन दिगो हुनुका साथै आम्दानीको श्रोत समेत वढ्ने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको दावी छ ।

सडकमा हुने उत्त महोत्सवमा राष्ट्रि तथा अन्तराष्ट्रिय खानाका परिकारहरुको स्वाद लिन पाउनुका साथै हस्तकला प्रर्दशनी,साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रर्दशनी, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुत समेत रहने मेला प्रर्वधन समितिका संयोजक सुर्य वहादुर भुजेलले बताए ।रेवान पोखराको टोलीले यसअघि जनकपुर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पोखरा सडक महोत्सवमा उपस्थित हुन निम्तो दिई सकेको छ ।

पोखरामा ४०० भन्दा वढि होटल र १५० भन्दा वढि रेस्टुरेन्ट रहेका छन् । पोखरामा १ लाख सम्म पर्यटक बस्न सक्ने क्षमता छ भने ५ लाख सम्मलाई खुवाउन सक्ने क्षमता रहेको रेवान पोखराको दावी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्