Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:४० बिहान
- ADVERTISEMENT -

भाटभटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा सञ्चालन

प्रकाशित मिति: २०७६ मंसिर २६, बिहीबार

629
Shares

बुटवल, २६ मङ्सिर २०७६ । भाटभटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा सञ्चालनमा आएको छ । सुपरमार्केट बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

भैरहवास्थित सिद्धार्थनगर–७, नयाँ सडकमा निर्मित अत्याधुनिक भवनबाट भाटभटेनीको सेवा सञ्चालनमा आएको हो । नयाँ स्टोरको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ्गले उद्घाटन गरेका हुन् ।

नेपाल भारतको सीमामा पर्ने भैरहवामा स्टोर सञ्चालनमा ल्याउन सफल भएको बताउँदै स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए। उनले भने ‘हामीले जुन लक्ष्य लिई यहाँ स्टोर सञ्चालनमा ल्यायौं,त्यसलाई यस क्षेत्रको राम्रो सहयोग भएको छ। शुभारम्भ अघिदेखिनै यस क्षेत्रबाट सकारात्मक प्रतिक्रियाका साथै उत्साह आएको छ ।’

स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। चिनी खरिद गर्नकै लागि नेपालीहरु सुनौली जानेको गरेको मध्यनजर गर्दै स्टोरले रु।५९ प्रति।के।जी।नेपाली चिनी उपलब्ध गराउने जानकारी गराएको छ । नेपालमै यूरोपियन स्तरको शपिङ्ग सेन्टरको अभ्यास गर्दै आएको स्टोरले भैरहवामा भारतीय बजारमा भन्दा शुलभ दरमा सामग्री उपलब्ध गराउने बताएको छ ।

यस आघि रुपन्देहीकै बुटवलमा आफ्नो १३ औं स्टोर स्थापना गरि सञ्चालनमा ल्याइसकेको भाट–भटेनीको रुपन्देहीमा यो दोस्रो शाखा हो । आफ्नो सेवालाई देशभर विस्तार गर्ने अभियानमा लागेको भाटभटेनी सुपरमार्केटलाई नेपाल र भारतको सीमा नाका नजिकै रहेको शहर भैरहवामा भने चूनौती र अवसर दुबै छन् । यसै कुरालाई मध्यनजर गरी स्टोरलाई थप व्यस्थित, आकर्षक र अन्यमा भन्दा धेरै सेवा प्रदान गर्ने नीति अपनाइएको अध्यक्ष गुरुङले बताएका छन्।

६ तले वृहत स्टोरमा भाटभटेनीले डिपार्टमेण्टल स्टोरहरुसँगै यस क्षेत्रमा पहिलो पटक बिश्व प्रसिद्ध केन्टुकी फ्राइड चिकेन ९केएफसी० तथा प्रसिद्ध पेपे पिजा जस्ता ब्राण्डका सेवा समेत दिएको छ भने चाँडैनै फुडकोर्ट तथा मल्टी प्लेक्स सिनेमाहल लगायतका सेवाहरु समेत सञ्चालनमा आउने स्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए ।

नेपालमै ५० हजारलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेका अध्यक्ष गुरुङले ब्यवसायसँगै आफ्नो आम्दानीको केही अंश सामाजिक कार्यमा समेत लगाउँदै आएका छन् । उनले स्टोर विस्तारलाई तिव्रता दिँदै लक्ष्य पूरागर्ने समेत बताए । स्टोरमा हालसम्म करिब ८ हजार रोजगाररत छन् भने भैरहवाको स्टोरमा ४ सयदेखि ५ सयसम्म कार्यरत रहने उनले बताएका छन् ।

Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -