काठमाण्डौ, २६ मंसिर २०७६ । नेपालले चारपांग्रे गाडी उत्पादक कोरियाली कम्पनी मोट्रेक्ससँग लगानी सम्झौता गरेको छ ।
लगानी बोर्डमा आयोजीत कार्यक्रममा प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट मा सम्झौता भएको हो ।
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर झण्डै ११ अर्ब नेपाली रुपैयाँ चार पाङग्रे गाडीका पार्टस तथा गाडी उत्पादन प्लान्टमा लगानी गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।








































