काठमाडौं, २५ मंसिर २०७६ । मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत हेड टु हेडु च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी छन् । उनको मिस इन्डोनेसियासँग टक्कर परेको थियो ।
अनलाइन मत र खरो सवाल जवाफका आधारमा उनी टप ४० मा परेकी हुन् । उनले भनिन् ’म प्रतियोगिताको एउटा खुड्किलो पार गरेकोमा ज्यादै खुशी छु’ । यस बाहेक उनी ’ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् । विश्व सुन्दरीहरुमाझ हिजो साँझ लन्डन ओटु इन्डिगोमा भएको ’ब्युटी वीथ अ परपोज च्यारिटी डिनर’ मा सो घोषणा गरिएको हो ।
आउँदो साता १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औँ ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १ सय २५ देशका सुन्दरी लण्डन आएका छन् । अनुष्काले अब मल्टिमिडिया अवार्डका लागि पनि मत दिन सबैमा अफिल गरेकी छन् । अनुष्कालाई www।missworld।com मा गएर मत दिन सकिने छ । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् । मिस वर्ल्डका लागि भोटिङ जारी छ ।
उनलाई भोट गर्नका लागि आधिकारिक पेजमा गएपछि भोट भन्ने अप्सनमा गएर नेपाल रोजेपछि त्यहा भोट गर्न सकिने व्यवस्था छ । भोट गर्नुअघि माथिल्लो साइटमा रहेको लगइन भने गर्नुपर्ने हुन्छ । अहिलेसम्मको भोटिङमा उनि तेस्रो नम्बरमा रहेकी छन् ।