- ADVERTISEMENT -

संसदको पाँचौं हिउँदे अधिवेशन राष्ट्रपतिद्वारा पुस ४ गतेकोलागि आह्वान

December 11, 2019
709
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ मङ्सिर २०७६ । संसदको हिउँदे ९पाँचौं० अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा पुस ४ गते दिउसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिनुभयो ।

दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम सम्वत २०७६ पुस अर्न्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नु भएको छ ।’

- ADVERTISEMENT -

Advertisement

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।

संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -