- ADVERTISEMENT -
- ADVERTISEMENT -

पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेकाले हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना

December 10, 2019
716
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २४ मंसिर २०७६ । पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली (बुधबार) बेलुकीदेखि हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ ।

यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसमविदहरुले जानकारी दिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ।

पश्चिमी वायुको प्रणाली बुधबार बेलुकीसम्म नेपाल प्रवेश गर्नेछ। बुधबार रातीदेखि नेपालको पश्चिमका उच्च–पहाडी र हिमाली क्षेत्रमा यसको असर देखिनेछ। बिहीबार बेलुकीसम्म यो वायु प्रणालीको असर नेपालका सबै भूभागमा देखिनेछ ।

आज नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, आसपासका तराई भू–भागमा सामान्य हुस्सु–कुहिरो लागेको छ भने आगामी केही दिन सम्म शित लहरको संभावना भने नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपात र बर्षाका कारण मौसममा बदली भई देशभरि नै चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविदहरुले सुझाव दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -