जापान, २३ मङ्सिर २०७६ । ओल्डवाईट राईट्स लिएको बजगाईं फिल्मसका प्रबन्ध निर्देशक निशान बजगाईं र सुर्य कर्पोर्सनका प्रबन्ध निर्देशक बाशुदेव लामिछाने बिच सहमति उपर हस्ताक्षर गरिएको चलचित्र अब जापानको विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको हो ।
लगातार २ वर्ष नेपालका ख्यातिप्राप्त करिव ५ दर्जन कलाकारको साथमा ‘’सुर्य इन्टरनेशनल एवार्ड’’ सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा टिमको ‘’ छ माया छपक्कै ’’को जापान राईट्स लिन सफल भएको छ ।
- ADVERTISEMENT -
जापानमा लगातार ३ पटकसम्म साकुरा नाईट नामक म्यूज़िकल टुर गर्दै आईरहेको कर्पोरेसनले यस बर्ष नेपालमा पनि सम्पन्न गरेको थियो । चलचित्रको ईन्टरनेसनल राईट्स लिने क्रममा केहि समयपछि फ्लोरमा जाने तयारी गरिरहेको चलचित्र एन्टि हिरोको ईन्टरनेसनल राईट्स पनि करिपोरेसनले लिगिसकेको छ ।
अनमोल के सी र भुवन के सी को काजोल फिल्मसको ब्यानरमा बन्ने चलचित्रको कथावस्तु निकै दमदार मानिएकोले सबैको व्यग्र प्रतिक्षा रहेको बताईएको छ ।
- ADVERTISEMENT -
जापानमाझ चिरपरिचित एवम् सफल कम्पनीसंग सहकार्य गर्न पाउंदा निकै खुसि रहेको बजगाईं फ़िल्मका प्रबन्ध निर्देशक निसान बजगाईंले जानकारी दिनुभयो । सुर्य करिपोरेसनले यस अघि पनि छक्का पन्न्जा ३ को जापान राईट्स लिई १५ बढि शहरहरुमा ब्यवस्थापन गरी स्थानिय आयोजकहरुद्वारा सफल प्रदर्शन गराएको थियो ।
जापानमा चलचित्रको प्रदर्शनका निमित्त क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै जाने करिपोरेसनका कार्यकारी अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
दिपकराज गिरी र दिपा श्री निरौलाको चलचित्र छक्का पन्जा , १ , २ र ३ को अपार सफलतापछि निर्मित ‘’छ माया छपक्कै‘’ नेपालमा ब्यवसायीक हिसाबमा पनि अहिलेसम्म केहि नया रेकर्डहरु बनाउने र पुराना केहि रेकर्ड तोडिएको पाइएको छ ।
चलचित्र प्रदर्शनको अधिकार अर्थात थप जानकारीका लागि 080 6867 2211 वा 080 7763 3321 मा सम्पर्क गर्न सकिने जानकारी दिनु भएको छ ।