Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५१:२३ बिहान
- ADVERTISEMENT -

पोखरामा लोपोन्मुख बाजाहरुको धुन पोखरामा घन्कियो

प्रकाशित मिति: २०७६ मंसिर २१, शनिबार

961
Shares

पोखरा, २१ मंसिर २०७६ । लोपोन्मुख बाजा संरक्षण गर्ने उद्धेश्यका साथ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा पोखरामा आयोजित दुई दिने गण्डकी प्रदेशका धूनहरु कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको दोश्रो दिन आज शनिवार पोखरा गैह्रापाटनस्थित पोखरा उद्योग बाणिज्य संघमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनहरुले गुञ्जायमान बनेको थियो ।

लोपोन्मुख आर बाजा, पात, सारांगी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्की लगायत प्रचलित बाजाहरुले कार्यक्रम रोचक बनाएको थियो ।

कार्यक्रममा लोपोन्मुख बाजा ढल्कीको प्रस्तुति, भलकमान गन्धर्व सारांगी पाठशाला कास्कीले गाईने धुन, डाफेचरी, आर बाजा, सारांगी, मादल, मुजुरा, नेवा खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि ताया मचा समितिले नेवारी धुन, मृदा, झ्याली, ता, ढल्की बाजाको धुन प्रस्तुत गरिएको थियो भने सिर्सेकोट नौथुम तमु समाजले पातको धुन प्रस्तुतिसँगै लोपोन्मुख ढिलो भाका प्रस्तुतिले कार्यक्रममा रौनक छाएको थियो ।

लोपोन्मुख लोकबाजाहरु नयाँ पुस्तालाई जानकारी गराउने उद्धेश्य समेत रहेको कार्यक्रममा दुधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्याली बाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामा बाजा र बौद्ध धुन, तमु प्ये ल्हु संघले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शंख र झ्यालीसहित प्रस्तुति गरेको कार्यक्रमका स्थानिय संयोजक तेज केसीले बताउनुभयो ।

कार्यक्रममा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैजडी, झ्याली र मुजुरा, लेखनाथस्थित सत्संग भजन कृतन समुहले भजन प्रस्तुति नवलपुर थारु समाजले थारु सँस्कृति धुनहरु, मानर र मुजुर बाद्यबादनसहित प्रस्तुति नेपाल दैविक सनतन धर्म संरक्षण समिति, पञ्चै बाजा समुहले लोपोन्मुख धुनहरु र बाजाहरु सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को लगायतको तालमा सबै रमेका थिए। कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपाली सेना प्रहरीमा परम्परागत मौलिक बाजा प्रयोग गर्नुपर्ने बताउनुभयो । विदेशी बाजा अप्नाउने, आफ्ना मौलिक बाजा लोप हुदै जानुले नेपाली राष्ट्रियतामा समेत असर पुग्ने भएकाले राज्यकै अंगबाट लोकबाजाहरु प्रयोगका निम्ती पहल गर्दै पश्चिमा बाजाहरु विस्थापित गर्न आवाज उठाउन आग्रह उहाँको थियो ।

विदेशी बाजा प्रयोगले नेपाली इतिहास मेटिदै जाने, राष्ट्रिय एकतामा समेत प्रभावित पार्ने भएकाले परम्परागत बाजा संरक्षणका लागि राज्यले अपनत्व लिनुपर्ने उहाँको भनाई थियो। राष्ट्रिय गौरबकै बाजाहरु ओझेलमा पार्नु दुखदायी हो भन्दै अत्यन्तै प्रचलित र लोकप्रिय बाजा बिनायो लोप भएको भन्दै दुख व्यक्त गर्नुभयो। लोकबाजाहरुको संरक्षण र विकासका लागि नयाँ पुस्तालाई परम्परा बाजाको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने प्रमुख शेरचनले बताउनुभयो।
यसरी नै कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठले मौलिक बाजा र धुनहरुको संरक्षण र विकासका लागि गण्डकीका धुनहरु कार्यक्रम आयोजना गरेको बताउनुहुदै परम्परागत बाजा, गीत संगीत, कला संरक्षणका लागि प्रतिष्ठान जहिलै सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो। हिमाली साँस्कृतिक परिवार जस्तो गर्विलो संस्थासँग सहकार्य गर्ने अवसरले प्रतिष्ठानको लक्षित अभियानले सार्थकता पाएको उहाँको भनाई थियो। नेपाल लोक बाजाहरु लोप हुदै जाने विदेश आएर लोपोन्मुख बाजाको अध्ययन गर्नुका साथै आफ्नो मुलुकमा लगेर आफ्नै बाजा बनाइरहेका छन् भन्दै आपत्ति जनाउनुभयो ।

मुर्चुंगा नेपालमा लोप अवस्थामा पुग्यो तर नेदरल्याण्डले मुर्चुंगालाई आफ्नो बनाएको भन्दै सबै नेपालहरु नेपाली मौलिक बाजाहरु संरक्षणका लागि जुट्नुपर्ने कुलपति श्रेष्ठको आग्रह थियो ।

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईको अध्यक्षतामा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो दिन दिन शुक्रवार गैह्रापाटनस्थित कुमुदिनी होम्समा लोपोन्मुख बाजा प्रदर्शनीका साथै गोष्ठी सम्पन्न गरिएको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -