काठमाडौं, २० मंसिर २०७६ । नेपाली कांग्रेस विभागसहितको समिति गठनको तयारीमा जुटेको छ । पार्टीभित्रको आन्तरिक किचलोको कारणले रोकिएको विभागसहितको समितिमा नेतृत्व बाँडफाँड गर्ने तयारीमा जुटेको हो ।

विभागसहितको समिति निर्माण गर्न र हालै भएको उपनिर्वाचको विषयमा छलफल गर्नका लागि कांग्रेसले छलफल गर्न मंसिर २६ गते पार्टी केन्द्रीय समितिको बैठक बोलाएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

हालै भएको उपनिर्वाचनको विषयमा छलफल र समीक्षा गर्नको लागि केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता शर्माको भनाइ छ। उपनिर्वानमा कांग्रेसले सोचेभन्दा राम्रो नतिजा ल्याएको थियो।

तर, केन्द्रीय समितिको बैठकले चुनावी समिक्षा मात्रै नभएर पार्टीको पार्टीको विभागसहितका समिति गठनका विषयमा पनि छलफल गर्ने तयारी भइरहेको बताइएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले विभागमा संख्या थप गरेर समितिलाई टुंगोमा पुर्‍याउने तयारीमा लागेका थिए। तर, पार्टीभित्र विभाग बढाउने कुराले नेता रामचन्द्र पौडेल लगायतका अन्य नेताहरुबाट सहमति नजुटाउँदा देउवाको प्रयास असफल भएको थियो।

निर्वाचन अगाडि नै पार्टीको विभागसहितको समिति गठनको तयारीमा रहेको देउवाले अब बस्ने बैठकमा त्यस विषयमा छलफलको लागि पुन: प्रस्ताव ल्याउने बताइएको छ।

उपनिर्वाचनमा तत्कालीन नेकपाले जितेको भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको परिणाम कांग्रेसले आफ्नो पक्षमा पार्न सफल भएको थियो। तर, कांग्रेसले सरकारले उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउनको लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै विज्ञप्तिसमेत प्रकाशित गरको थियो।

कांग्रेसको विभिन्न संगठनहरूको कार्यकाल सकिँदासमेत अधिवेशन गराउन नसक्‍दा अल्झिएर बसेको छ। तर, केन्द्रीय तहको महाधिवेशन हुन नसकेकोपछि भातृ संगठनहरुले समेत अधिवेशन गर्न सकेको छैन।

संगठनको केन्द्रीय समितिलाई ६ महिनाको समय दिएर महाधिवेशनमा पठाउने पार्टी केन्द्रीय समितिको निर्णय यसअघि बसेको बैठकले नै निर्णय गरेको थियो। बैठकले नेपाल विद्यार्थी संघको नेतृत्वलाई पनि पूर्णता दिने तयारीमा छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्