गोरखा १८ मङ्सिर २०७६ । बुढीगण्डकी आयोजनाका कारण डुबानमा पर्ने बजार क्षेत्रको मुआब्जाबारे जनप्रतिनिधिहरुले सरकारसँग छलफल गर्ने भएका छन् ।

गोरखा र धादिङका संघ र प्रदेश सभाका सांसद, राजनीतिक दलका प्रतिनिधि र पूर्व सांसदहरुले मुआब्जा रकममा पुनरावलोकनका लागि सरकारसँग वार्ता गर्ने भएका हुन् ।

दुवै जिल्लाका प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरुको आज बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै सरकारी निकायसँग वार्ता गर्ने निर्णय गरेको हो ।

दुवै जिल्लाका सांसद, राजनीतिक दलका प्रतिनिधि र पूर्व सांसदहरुको भोलि काठमाण्डौमा बैठक बसेर वार्ताको क्रम सुरु हुने आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले बताउनुभयो । आज भएको बैठकले वार्ताका क्रममा उठाउने एजेण्डाहरु पनि तय गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्