काठमाडौँ, १६ मंसिर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाइराखेका छन् ।

एमालेको गढ मानिएपनि यो उपनिर्वाचनमा भने नेपाली कांग्रेसले अग्रता बनाइराखेको छ ।

नेपाली कांग्रेसका तिलक राईले २१ हजार ३११ मत ल्याउन सफल भएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत प्राप्त गरेका छन् ।

हालसम्म ४४ हजार ८८९ मत गनिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्