- ADVERTISEMENT -

कास्की-२ मा विद्या भट्टराई विजयी, काँग्रेस उम्मेदवार पौडेलले दिए बधाई

December 2, 2019
752
Shares
- ADVERTISEMENT -

कास्की, १६ मङ्सिर २०७६ । कास्की-२ प्रतिनिधि सभा सदस्यका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले जित हासिल गरेकी छन् ।

भट्टराईले कुल खसेको मतमध्ये २४ हजार ३ सय ९५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम राज पौडेलले १५ हजार ९८६ मत ल्याए । भट्टराईले पौडेलभन्दा ८ हजार ४०९ मत बढी ल्याउँदै जीत हासिल गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

अन्य उम्मेदवारमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२, राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ र विकेकशील पार्टीकी जमुना शर्माले ७७ मत हासिल गरे ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि शनिबार भएको निर्वाचन पश्चात आज बिहान १ः४० बजेदेखि मतगणना सुरु भएको थियो । चुनावी मैदानमा २१ उम्मेदवार उत्रिएका थिए ।

यसैबीच विजयी भट्टराईलाई  प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् ।

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -