बागलुङ, १५ मंसिर २०७६ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको केन्द्रको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले अग्रता लिएका छन्।

शेरचनले ५२५ मत प्राप्त गरेका छन्। संयुक्त बाम गठबन्धनका उम्मेदवार खिम बिक्रम शाहीले ३८६ मत ल्याएका छन्। समाजवादी पार्टी अशोक बिकले ७०, स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६ मत र राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत पाएका छन्।

उक्त वडाका १० मत बदर भएको कार्यालयले जनाएको छ। ७ सय ५६ जना मतदाता रहेको उत्तरगंगा क मा ५ सय ५३ मत खसेको थियो भने ७ सय ७ जना मतदाता रहेको उत्तर गंगा ख मा ४ सय ५५ मत खसेको थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्