खुंखानी, ११ मंसिर २०७६ । नेपाली काँग्रेसको चुनावी सभा तमानखोला गाउँपालिकाको वडा नम्बर ५ खुंखानीमा बुधबार सम्पन्न भएको छ ।
चुनावी प्रचार प्रसार गर्ने समय सकिनै लाग्दा खुङ्खानीमा अयोजित सभालाई सम्बोधन गर्दे नेपाली काँग्रेसको उम्मेद्वार जित शेरचनले यस पटकको निर्वाचनमा आफ्नो जित सुनिश्चत भइसकेका कारण जनताको हक अधिकारसँगै विकास निर्माणमा आफुले देखेको भिजनलाई पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भएको छ ।
बागलुङ जिल्लाको प्रदेश २ ख भूगोलको हिसाबले पनी दुर्गम छ । सदरमुकामदेखि पनि दुर्गम रहेको निसी, भुजी तमान क्षेत्रको विकासको खाका आफुले कोरेका कारण जनतासँगको सहयात्रामा त्यसलाई पुरा गरिने बताउनु भयो ।
नेपाली काँग्रेस पार्टी र स्वयम आफुले समेत विगतदेखि सरकारमा रहँदा पनि नरहँदा पनि विभिन्न विकास निर्माणका काम गरीएको स्मरण गर्दे जनताका निम्ती आवस्य खानेपानी, स्वास्थ्य, शिक्षा, यातायातसँगै रोजगार र युवा सक्षमता जस्ता कार्यलाई समेत आफुले पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।
ग्रामीण क्षेत्रका जनताको प्रदेश र केन्द्रसम्म सिधा पहुँच पुर्याई विकास र समृद्धिको आधारलाई अगाडी बढाउने उनको भनाई रहेको थियो ।
त्यसैगरी आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, महाधिवेशन प्रतिनिधि हरीहर शर्मा लगाएतले बोल्दै विकास, समृद्धि र लोकतन्त्रको रक्षा गर्न नेपाली काँग्रेसको जित आवस्यक रहेको बताउँदै वर्तमान सरकारलाई सहि दिशा निर्दश गर्नपनी नेपाली काँग्रेसको यसपटक जित अपरीहार्य रहेको बताउँदै नेपाली काँग्रेसका उमेद्वार जित शेरचनलाई मतदान गरी भारी मतले विजयी गराउने अभियानमा साथ दिन मतदातालाई अग्रह गरेका छन् ।
स्थानीयबासी बाजागाजाका साथमा ¥याली सहित सभामा उपस्थित भएका थिए ।








































